0
डा. ललित कुमार मिश्र
सामान्य रुपले शरीरमा बन्ने फ्याट (बोसो) बाट शरीरलाई रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ । तर यहि बोसो आवश्यकताभन्दा बढीमात्रामा निर्माण हुन थाल्यो भने हाम्रो शरीर मोटो हुँदै जान्छ । मोटो हुनु भनेको शरीरमा बसोकोमात्रा बढ्नु हो । शरीरमा चाहिनेभन्दा बढी तौल भएमा मोटोपन अथवा ओभर वेट भनिन्छ । मोटोपन हिजो(आज विश्वभर नै जटिल समस्या भएर आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को भनाइअनुसार मोटोपन र डायविटीज २१ औं शताब्दीको माहामारी हो । विश्वको करीव आधा जनसंख्या (बिएमआई) मापदन्डभन्दा उच्चतौलमा (औभरवेट)मा छन् ।  मोटोपनको प्रकार ः  शरीर कस्तो प्रकारले मोटो हुँदै जान्छ यो कुरा शरीरको कुन ठाँउमा र कतिमात्रामा बोसोजम्मा भएको छ त्यसमा भर पर्छ । व्याक्तिको शरीरको आकार कस्तो हुन्छ भन्ने कुरा पनि त्यसमै भर पर्दछ । बोसो शरीरको विभिन्न ठाउँमा जम्मा हुन्छ । तर पेटको अगल–बगलमा बढी जम्मा हुन्छ । पुरुषहरुको पेटमा र महिलाहरुको कम्मर र हिपमा बोसो जम्मा हुन्छ । जसको नितम्ब र तिघ्रा मोटोहुन्छ त्यसको शरीरको आकार हेर्दा नास्पाति (फल)को आकार जस्तो भद्दा देखिन्छ । त्यस्तै जुन महिला या पुरुषको कम्मर र पेटमा बढी बोसो हुन्छ भने उसको जिउ स्याउ
(फल) को आकारको जस्तो हुन्छ ।
नास्पाति आकारको जिउ हुनेलाई  उठ्न बस्नका लागि कठिन हुनुका साथै फोक्सोलाइ समेत राम्रोसँग फुल्न दिँदैन र सास फेर्न पनि गाह्रो हुन्छ । यसैगरी स्याउ आकारका जिउ हुनेहरुको मुटु, खुट्टा, जोर्निहरु र कम्मरमा धैरै भार पर्दछ । जसले गर्दा व्याक्तिको हिँड्डुल गर्ने शक्ति पनि कम हुँदै जान्छ ।
मोटोपनको कारण ः मोटोपन हुनुका पनि धेरै कारणहरु छन् । कसैलाई खाना बढी खाएर, कसैलाइ उपचारार्थ सेवन गर्ने औषधि जस्तै स्टोराईडको साईड इफेक्टले हुन्छ । यस्तै कसै–कसैलाई रोगभएर, नलीबिहिन ग्रन्थिहरु जस्तै थाईराईड, पिटुटेरी, एड्रिनल ग्लान्डसको कार्यमा गड्बडी भएर हार्मोन्सको असुन्तलनले गर्दापनि व्याक्तिमा मोटोपन हुनसक्छ । मासिकधर्म नियमित नहुनु वा कम हुनु र दिनमा सुत्नु आदि पनि मोटोपन हुनुका प्रमुख कारणमा पर्दछन् । अन्य कारणहरुमा वंशाणुगत, शारीरिक व्यायामको कमी, दुधबाट बनेका परिकारहरुको अत्याधिक सेवन बढी गर्नु, बोसोयुक्त चिल्लोपदार्थहरु खानु, उच्चकोटीको क्यालोरीयुक्त ड्रिकंहरु, मदिरा, गुलियो पदार्थहरु आदीको सेवनले पनि मोटोपन हुन्छ ।
मोटोपन भएको कसरी थाहा पाउने स् शरीरको उच्चाई मिटरमा नाप्ने र त्यसलाई त्यहि अंकले गुणा गर्ने, गुणा गरेर आएको अकंले शरीरको तौललाई (किलो) मा भाग गर्ने, भाग गरेर आएको शेषफललाई नै बडिमास ईन्डेक्स (बिएमआई) भनिन्छ ।  साधारणत कम्मरको घेरा नापेर पनि शरीरको मोटाई पत्ता लगाउन सकिन्छ । पुरुषहरुको कम्मरको नाप १०२ सेन्टिमिटर  र महिलाहरुको ८८ सेन्टिमिटरभन्दा बढी छ भने शरीर जोखिममा छ भनेर बुझनुपर्छ । बिएमआइ १८.५ देखि २४.९ सम्मलाई नर्मल मानिन्छ । यसैगरि २४.९ देखि २९.९ सम्मलाई ओबरवेटमा गनिन्छ । बिएमआई ३० देखि ३९.९ सम्मलाई मोटोपनमा गनिन्छ । ४० बिएमआईभन्दा बढी भएमा विकृत अवस्थाको मोटोपन भनिन्छ । यसरी बिएमआई र कम्मरको घेराको नापले व्यक्ति कतिको मोटो छ भन्ने कुराको निर्धारण सजिलै सित गर्न सकिन्छ ।
लक्षण ः यो रोगको लक्षणमा फुर्तिको अभाव, ऊत्तसाहमा कमि हुनु, दैनिक काम गर्न ढिला सुस्ति गर्नु, थौरै काम गर्दा पनि थकाई लाग्नु, साँस फुल्नु, बैचैनि हुनु, धैरै पसिना आउनु, पसिना गन्हाउनु, पेटमा भारीपन महशुस हुनु, उच्चाइको तुलनामा वजन बढी हुनु, तिर्खा बढि लाग्नु, हिँड्डुल गर्न मन नलाग्नु, जोर्निहरु दुख्नुका साथै सुन्निनु, कब्जियत हुनु आदि हुन् । मोटो व्याक्तिलाई विभिन्न रोगले सताउन सक्छ स् मुटुको रोग, पल्मोनरी हाईपरटेनसन, पक्षाघात, उच्च रक्तचाप, महिलामा बाँझोपन, पित्तको थैलिमा पत्थरी, आस्थमा, जोर्निको हड्डि खिईनु, लिभर सिरोसिस, नपुंसकता, निन्द्रामा घुर्नु, क्यान्सर आदि ।
मोटोपनको निवारण स् सन्तुलित भोजन गरी तौल घटाउनु नै यसको मुख्य निदान हो । छिन–छिनमा खानेकुराहरु न खाने, खाना खाँदा विस्तारै चपाएर खाने, पेट भरिएको जस्तो लाग्ने बित्तिकै खान रोक्ने, खाना खाँदा अन्यत्र ध्यान नदिने, कुनै भोजभतेरमा जानु अगाडि आफ्नो घरबाट केही हल्का खानेकुरा खाएर जाने (जसले गर्दा पार्टीमा चिल्लो, मिठो खानेकुरा कम खाईन्छ), खाना समयमा खाने, मनपर्ने खानेकुरा पनि कमै मात्र खाने, शरीरको क्षमताले भ्याएसम्म आफ्नो काम आफैंले गर्ने, सकभर कार्बोहाईड्रेड कमै खाने ।
व्यायाम ः मोर्निङवाक गर्ने, पौडी खेल्ने, साईकल चलाउने,जगिङ गर्ने, डोरी खेल्ने, एरोबिक व्यायाम गर्ने, घरको भ¥या ङ(सिडी) चढ्ने ओर्लिने गर्ने, आफ्नो लुगाहरु धुने, बथरुम सफा गर्ने, कोठाहरु सफा गर्ने, पोछा लगाउने आदि । कमसेकम ३० मिनेटदेखि एकघन्टाको नियमित व्यायाम गर्नु राम्रो हुन्छ । योगाभ्यासले पनि मोटोपन घटाउनमा मद्दत गर्दछ ।
मोटोपनको उपचार ः एउटा कुरा के याद गर्नु पर्दछ भने अचेल मोटोपन कम गर्ने किसिम किसिमका औषधिहरुको तथा मेसिनहरुको विज्ञापन पत्र(पत्रिका, रेडियो  तथा टेलिभिजनमा दिनहूँ आईराखेको हुन्छ । यस्ता विज्ञापनकोको चक्करमा फस्नु हुँदैन । यिनिहरुको प्रयोगले स्थायी रुपमा लाभ हुनुको सट्टा अनेक किसिमका रोगहरु उत्पन्न गराउँछन । मोटोपन कम गर्नलाई सबैभन्दा मुख्यकुरा कम खानु र बढि शारीरिक मेहनत गर्नु हो । खानामा चिल्लो, गुलियो, नुनिलो कम खाने ,सकभर हरियो सागसब्जि, फलफुल र शाकाहारी खाना खाने ।
मांसाहारीको लागि भने अन्डा हप्ताको २ वटा उसिनेर खाँदा हुन्छ र माछा मासुको हकमा भने २०० ग्राम (एकपाउ) सम्म मात्र खाने । रातोमासु (रेडमिट) भरसक नखानु नै बेस हुन्छ । कम क्यालोरी भएका फलफुल जस्तै खरबुज, तरबुज, काक्रो, मुला, टमाटर, प्याजको सलाद ईत्यादि खाना खानु भन्दाअगाडि खाएमा राम्रो हुन्छ । जसले गर्दा अलिकति खाना खानाले पनि पेट भरिन्छ र खाना कम खाईन्छ ।

चिसोको संक्रमणबाट बच्न के–के गर्ने ?

पोखरा लगायत देशका विभिन्न भागमा चिसो बढेको छ । जाडो मौसम सुरु भएसँगै चिसोका कारण शरीरमा विभिन्न खाले समस्या आउँछन् । जाडोका बेला देखिने समस्याहरुमा सामान्य रुघाखोकीदेखि ज्वरोसम्म पर्दछन्। कसैलाई चिसोको एलर्जी हुन्छ । साथै अहिलेको समय रुघाखोकीले सताउने बेला पनि हो । मुटुका विरामीले पनि जाडोमा आफूलाई बढी ख्याल गर्नुपर्छ । वालवालिका र वृद्धवृद्धाहरुलाई पनि जाडो मौसम कष्टदायक हुन्छ ।
जाडोयाममा रोगबाट बच्न निम्न कुराको ख्याल गर्नुपर्छ ः
चिसोको एलर्जी
कयौं मानिसलाई चिसोका कारण शरीरमा विभिन्न एलर्जी हुने गर्छ । यसले गर्दा शरीरमा दम, रुघाखोकी लगायतको समस्या उत्पन्न हुन्छ । अझ कयौंलाई पहिले नै दम छ भने पनि चिसो बढ्दै गएपछि उक्त झन् बढ्न थाल्छ । त्यसबाट बच्न न्यायो लुगा लगाउनुपर्छ । सकेसम्म आफ्नो वरिपरि तातो बनाएर राख्नुपर्छ । मनतातो पानी पिउनुपर्छ । धेरै चिसोमा घरबाट बाहिर ननिस्कनु नै उपर्युक्त हुन्छ ।
छालाको समस्या
चिसो मौसममा पानी कम खानाले छालामा पानीको मात्रा कम हुन्छ । चिसोकै कारण छालाको नरमपना हराएर छाला खस्रो हुने समस्या आउन सक्छ । यसले गर्दा हात तथा खुट्टा फुट्ने गर्छ । यसबाट छालालाई बचाउन दिनहँु ग्लिसिरिनको प्रयोग उचित हुन्छ । त्यस्तै, मोइस्चराइजर क्रिमको प्रयोग पनि राम्रो मानिन्छ । त्यस्तै जाडो मौसममा तातोपानीले भन्दा मनतातो पानीले नुहाउनु उचित मानिन्छ ।
हाइपोथर्मिया
यति गर्दागर्दै पनि जाडो मौसममा चिसोका कारण शरीरको तापक्रम कम हुने गर्छ । यसलाई सामान्य भाषामा ‘हाइपोथर्मिया’ भनिन्छ । विशेष गरी वृद्धवृद्धामा यो समस्या धेरै हुने भएकाले जाडो मौसममा उनीहरुलाई विशेष ध्यान दिनुपर्छ । त्यसका लागि वृद्धवृद्धालाई न्यायो पारेर राख्नुपर्छ । यति गर्दागर्दै पनि यदि उनीहरुको शरीरको तापक्रम घट्दै गयो र शरीर कडा हुँदै गयो भने तत्काल चिकित्सकका लैजानु उचित हुन्छ ।
यसबाहेक अन्य मानिसलाई पनि कहिलेकाहीँ चिसोका कारण शरीरको तापक्रम कम हुने समस्या देखा पर्छ । त्यो अवस्थामा यदि शरीरको तापक्रम निकै नै घटेको देखिएमा तुरुन्त चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ । यस्तो समस्या बढीजसो चिसो ठाउँमा बस्ने मानिस, सडक बालबालिकाका साथै वृद्धवद्धा लगायतमा देखिने गर्छ ।
मुटुसम्बन्धी समस्या
चिसो मौसमले मुटुलाई समेत असर गर्ने हुँदा चिसोबाट जोगिनु जरुरी छ । चिसोले मुटुमा सिधै असर पुर्रुयाउँछ । चिसोका कारण रक्तनली साघुँरिएर यसले रक्त प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढेर जान्छ । यसबाट बच्न धेरैबेरसम्म चिसोमा नबस्ने । बस्नै परे पनि न्यायो लुगाको प्रयोग गर्ने ।
रुघाखोकी र ज्वरो
चिसो मौसमका कारण मानिसलाई दम, रुघाखोकी, ज्वरो लगायतको समस्या उब्जने गर्छ । चिसो मौसममा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने हुँदा यसले शरीरमा विभिन्न रोग निम्त्याउने गर्छ । चिसोकै कारण मानिसहरु एक आपसमा टाँसिएर बस्नाले पनि रुघाखोकी तथा ज्वरो सजिलै सर्छ । यसबाट बच्न रोगको सम्पर्कमा आउनबाट आफूलाई सुरक्षित राख्नु पर्छ । खाना खानुअघि राम्ररी साबुनपानीले राम्ररी हात धुनुपर्छ । साबुन छैन भने स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । त्यस्तै, मुख छोपेर हाछ्उिँ गर्नुपर्छ । बालबालिकालाई आवश्यक खोप लगाएर पनि चिसोका कारण हुने समस्याबाट बचाउन सकिन्छ ।
 
दा“तको सुरक्षामै सुन्दरता खुल्छ
डा. प्रकाश बुढाथोकी
दाँतको महत्व हरेक क्षण छ, तथापि पटक–पटक मिठो र स्वादिलो कुरा खाने, मुसुक्क मुस्कुराउने तथा दिल खोलेर हाँस्न पनि यसको महत्त्व हुन्छ । दाँत दुख्ने कारण बिभिन्न भए पनि चाडबाडका बेला हुनसक्ने प्रमुख कारणमा धेरै साह्रो कुरा जस्तै ःमासुको हड्डी, खाना खाएपश्चात खाइने सुपारी, छुर्पी चपाउँदा दाँत चोइटिन सक्छ । सानो चोइटाइले दाँत तातो, साह्रो, चिसो खाँदा लाग्ने वा सिरिङ–सिरिङ भए पनि ठूलो चोइटाइले दाँतको भित्री भाग देखिई खपिनसक्नुको पीडा र गिँजा तथा जिब्रोमा घाउ बनाउन सक्छ ।
थरी–थरीका तथा नयाँ–नयाँ स्वादिला परिकार खाने बेला पनि दुई दाँतको बीचमा खाना अड्कन सक्छ । पहिले नै चेप छ वा किराले खाएको छ भने झनै खाना अड्कन्छ ।
उक्त अडकिएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र अम्ल निकाल्छ । कुहिएको खाना र अम्लले दाँतलाई कुहाएर पीडा दिन्छ । गिँजामा संक्रमण बनाई गिँजा सुन्निने, खुकुलो हुने, रातो वा निलो हुने, रगत बग्ने र हड्डी कमजोर हुनजान्छ । हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, दुख्ने, चपाउन नसक्ने र टनटन, चसचस दुख्न थाल्छ । रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु अति नै उत्तम तथा उचित हुन्छ । त्यसकारण महँंगो उपचारबाट राहत पाउन, मुखको रोगका कारणबाट शरीरका प्रणालीमा लाग्नसक्ने विभिन्न रोगबाट ग्रसित नहुन प्रणालीमा भएका रोगहरूलाई निको पार्न औषधीको आवश्यकता कम गर्न शरीरको गेटमा रक्षकका रूपमा पंक्तिबद्ध दाँतका हारलाई जोगाउनु आवश्यक छ ।
 खाना खानु अघि र पछि हातमुख धुनु जत्ति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु उत्ति नै अनिवार्य छ र गर्नुपर्छ । दिनको २ पटक बिहान र बेलुका खानापछि तलमाथि गरी दाँत सफा गर्ने गरौँ । फ्लोराइड भएको दन्तमञ्जन टुथब्रस नभए दतिवन र दुई दाँत बीचको सतह डेन्टल फ्लसको प्रयोग गरी दाँतका सबै सतह सफा गरौँ । केही खानासाथ मुख कुल्ला गर्ने बानी बसालौँ ।
१४४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नुअघि ४ मिनेट मुखको सरसफाइमा ध्यान दिनुपर्छ । टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगरौं । भिटामनी बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अंकुराउँदै गरेका अन्नबाली, मुला, गाँजर, बन्दागोबी, सकरखण्ड जस्ता रेशादार फलफूल, हरियो सागपात सेवन गरौं ।
के शिक्षित के अशिक्षित, के शिक्षक के विद्यार्थी, के गरिब, के धनी सबै वर्गमा नियमित दन्त परीक्षणको अनुभव देखिंँदैन । स्मरणीय रहोस्, दुुखाइ कम गर्ने औषधी एस्प्रिन, बु्रफिन खाँदा समस्याको निराकरण नभई तत्काल दुखाइबाट राहतमात्र हुने हो ।
अर्कोतिर ग्याष्ट्रिक, कलेजो, मृगौला रोगी बनाउँछ । ल्वाङको वा अन्यको तेल प्रयोग गर्दा ओठ, गिँजा पोली घाउ बनाउन सक्छ ।  रोकथामका लागि नयाँ नरम ब्रस, दाँत सफा गर्ने धागो– डेन्टल फ्लस, राम्रो खालको टुथपिक, मुख सफा गर्ने माउथवास वा गार्गल र कम पाश्र्व प्रभाव भएको दुखाइ कम गर्ने औषधि खरिद गरी फष्ट एड किट बनाऔं । उपचार गराउँदा पनि विज्ञापनको पछि दौडी उपचार गर्ने व्यक्ति नेपाल मेडिकल काउन्सिलमा दर्ता भए–नभएको, प्रयोग गरिने सामानहरू निर्मलीकरण भए–नभएकोमा ध्यान नदिँदा अस्पतालबाट फर्कंदा अपरिवर्तित नोक्सान, जटिलता र थुप्रै हेपाटाइटिस, एचआइभी जस्ता सरुवा, संक्रामक र भयानक रोगहरू बोकेर घर फर्किन सकिन्छ ।

Post a Comment

 
Top