0
वेल नन एकेडेमी र स्मल हेवन कास्कीमा जारी युनिप्स स्पोर्टस् मिट अन्र्तगत छात्र तर्फको फुटवल प्रतियोगिताकोे फाइनलमा प्रबेश गरेका छन । संस्थागत एवं निजी विद्यालय संगठन (यूनिप्स) को आयोजनामा कास्कीको लेखनाथ स्थित भण्डारढिकको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा वेल ननले एकता बोर्डिङ स्कुललाइ ३–० को गोल अन्तरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । त्यसैगरी अर्को खेलमा स्मल हेवनले कालिका वोर्डिङ स्कुललाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । त्यसै गरी छात्र तर्फ बुधबार भएको भलिवल खेलमा होली एन्जलले सत्य साई बिद्या आश्रमलाई २–० को सेटमा र अर्को खेलमा माउन्ट हेवनले वेल नन एकेडेमीलाई पनि २–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा यात्रा बनाएका हुन । तेश्रो स्थानको लागि बुधबार भएको खेलमा वेल ननले सत्य साईलाई २–० ले पराजित गर्यो । त्यसै गरी छात्रा तर्फ भएको भलिवल खेलमा माउन्ट हेवनले स्मल हेवनलाई २–० को सेटमा र अर्को खेलमा होलि एन्जलले कालिका स्कुललाई २–० कै सोझो सेटमा पराजित गर्दै फाईनलमा यात्रा बनाएका हुन । तेश्रो स्थानको लागि भएको खेलमा कालिकाले स्मल हेवनलाई २–० को सेटमा पन्छाएको हो । त्यसै गरी छात्रा तर्फ भएको कपर्दी प्रतियोगितामा उपाधिको लागि पिनाकल एकेडेमी र वेल नन एकेडेमी भिड्ने भएका छन । बुधबारको खेलमा पिनाकलले ज्ञानकुन्जलाई ३५–२२ को अंकले र अर्को सेमिफाईनल खेलमा वेल ननले एकता वोर्डिङ स्कुललाई ३४–२५ को अंकले पराजित गर्दै फाईनलमा यात्रा पक्का गरेको कपर्दी तथा एथ्लेटिक्स संयोजक शंकर शाहले बताए । उक्त युनिप्स स्पोर्टस् मिटको औपचारिक उद्घाटन आज बिहीबार मध्यान्हः १२ बजेपछि पोखरा रंगशालामा हुने भएको प्रचार विभाग प्रमुख खगेन्द्र भण्डारीले बताए । अनौपचारिक रुपमा मंगलबारदेखि विभिन्न खेलहरु लेखनाथमा संचालन गरेको खेलकुद सँयोजक विनोद नेपालीले बताए। मंगलबार र बुधबार भण्डारढिकमा विभिन्न खेलहरु भएसंगै बिहीबारदेखि शनिबारसम्म पोखरामा प्रतियोगिता हुने भएको हो । युनिप्स स्पोर्टस् मिट’ मा २५ बिद्यालयका ४ सय ९५ जना खेलाडीहरुले सहभागी जनाउने यूनिप्सका सचिव समेत रहेका प्रचार विभाग प्रमुख भण्डारीले जनाए । पश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले स्पोर्टस् मिटको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।


Post a Comment

 
Top