0
गोल्डेन न्यूज संवाददाता
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा चिनिएको आहा ! रारा गोल्ड कपको १५ औं संस्करण आगामी माघ पहिलो साताबाट सुरु हुने भएको छ । माघ पहिलो हप्तादेखि प्रतियोगिता सञ्चालन गर्ने गरी अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ । क्लबका अध्यक्ष बिरभद्र आचार्यले छिट्टै प्रतियोगिताको मिति सार्वजनिक गर्ने बताए । प्रतियोगिताको आन्तरिक तयारी तिब्र पारिएको र चाडैनै मुल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरी तयारीलाई अझै तिब्रता दिइने उनले बताए । क्लबले सञ्चालन गरेको प्रतियोगिता मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित भएको भन्दै उनले आगामी संस्करणलाई अझै परिस्कृत गर्दै लगिने प्रतिबद्धता जनाए । हिमश्री फुडस प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन, पोखरा उपमहानगरपालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषदर.अखिल नेपाल फुटबल संघरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिरजिल्ला खेलकुद विकास समिति कास्कीरएन्फा,कास्कीरसहारा यु.के.रसहारा हङ्गकङ्ग र सहारा अष्ट्रेलिया समेतको बिशेष सहयोग,अफिसियल ड्रिङ्ग वाटर ईको पानी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर सहयोगी संस्थाहरु याट्स,एल जि.टि.भी.समेतको सहयोगमा प्रतियोगिता संञ्चालन हुनेछ । खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार प्रतियोगिताको आयोजना गर्ने क्लबले जनाएको छ । क्लबले प्रतियोगिताबाट बचत हुन आउने रकम सहारा एकेडेमी सञ्चालनमा खर्च गर्दै आएको छ । एकेडेमीमा हाल तेश्रो ब्याच अन्तर्गत १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन । विगत तिन बर्ष देखि उनीहरुको निःशुल्क शिक्षादिक्षा, स्वास्थ्य लगायत फुटबल प्रशिक्षण क्लबद्वारा निर्मित सुविधासम्पन्न आवास गुह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ बाट संञ्चालन हुँदै आईरहेको छ ।





Post a Comment

 
Top