0
गोल्डेन न्यूज संवाददाता
स्वर सुन्दरमणि गायक कर्ण दासले आफ्नो सांगीतिक यात्राको दश बर्ष पछिको अन्तरालमा फेरी अर्को नयाँ एल्बम “एउटा नयाँ आशा” दर्शक तथा श्रोतालाई पस्केका छन् । म्यूजिक नेपालको प्रस्तुतिमा गायक कर्ण दासको “एउटा नयाँ आशा” गीति एल्बममा १२ वटा गीतहरु समावेस गरिएका छन् । एल्बममा समावेश १२ वटा गीतहरु मध्ये एस.टु. प्रोडक्सनले निर्माण गरेको “हाम्रो नेपाल” शीर्षकको राष्ट्र प्रेमी गीतको भिडियो युट्युब र टेलिभिजन मार्फत सार्वजनिक गरिएको छ । नेपाल प्राकृतिक शुन्दरताले भरिपूर्ण देश हो, यहाँका बिभिन्न क्षेत्रका सुन्दर दृश्यहरुलाई कलात्मक तरिकाले भिडियोमा समावेस गरिएको छ । बिशेष गरि पोखरा र आसपासका क्षेत्र, निर्मलपोखरी कास्की, पुर्वको दमक, पर्वतको चित्रे र कुश्मा लगायतका ठाउँहरुमा छायाँङ्कन गरिएको गायक कर्ण दासले जानकारी गराए ।  राष्ट्र प्रेमी गीत भएकोले बिभिन्न सुन्दर ठाउहरुलाई गीतको माध्यमबाट समावेश गरिएकोले आफूले निर्माण गरेको भिडियो मध्ये फरक र उत्कृष्ट बनेको उक्त भिडियोका निर्देशक सुरज श्रेष्ठले दाबी गरे ।
छायाँङ्कन, सम्पादन र निर्देशन चर्चित फाटोग्राफर एवं सिनेमाटोग्राफर सुरज श्रेष्ठले नै गरेका हुन् ।


Post a Comment

 
Top