0
पोखरामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २९ दशमलव २० प्रतिशत बोनश शेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको उक्त बोनश शेयर बैंकको आउँदो साधारण सभाले पारित गरेपछि बितरण हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बोनश शेयर पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ५ सय ५४ हुनेछ । बैंकले मनास्लु विकास बैंक लिमिटेडसंग मर्जरको लागि सैद्धान्तिक सहमति गरी स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ । मर्जरपछि बैंकको चुक्ता पुंजी १ अर्ब ६७ करोड पुग्ने र त्यसपछि चालु आर्थिक वर्ष २०७३÷७४ भित्रै हकप्रद शेयर जारी गर्ने र २०७३÷७४ को मुनाफाबाट बोनश शेयर जारी गरी चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा बढी पु¥याउने प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।


Post a Comment

 
Top