0
गोल्डेन न्यूज संवाददाता
युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले संविधान रत्नपार्कमा चनाचटपट पोको पार्ने कागजको खोष्ट नभएको बताएका छन् । युवा संघ पोखरा–६ बैदामको वडा अधिवेशनको बिहीबार उद्घाटन गदै उनले भने–‘संविधान चनाचटपट पोको पार्ने कागजको खोष्टो हैन्, जसलाई जति बेला मन लाग्यो, त्यतिबेला संसोधन हुदैन्। अध्यक्ष पहारीले संविधान जारी हुनु नेपाल र नेपालीको लागी महत्वपूर्ण उपलब्धि भएको बताउदै जसले जती बेला भन्यो, त्यति बेला संसोधन हुदैन भन्दै नेपालमा जातजाती, भाषा र धार्मिक कुरालाई उछालेर विखण्डन गर्ने प्रयास भैरहेको छ, यस्तो कुरा युवासघलाई किमार्थ मान्य हुदैन् ।
युवाले राजनीतिमा चासो राख्न हुदैन भन्दै मतलब नगर्ने हो भने गतल ब्यक्ति हावी हुने भएकाले राजनीतिमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले युवा राजनीतिसंग भागेपनि राजनीतिले पछ्याइ रहने बताए । ‘हामी राजनीतिबाट टाढा रहेपनि, हामीले प्रयोग गर्ने खाद्यान्न, लत्ता कपडाको मूल्य राजनीतिले निधारण गर्ने भएकाले राजनीतिबाट बाहिर रहन सकिदैन् । उनले युवा संघले रचनात्मक र सृजनात्मक काम बाट मन जित्नुपर्ने समेत बताए । हिजो जस्तो आन्दोलन गर्ने अवस्था छैन्, त्यसैले जनताको सुःख दुखको साथी बनेर जनताको मन जित्दै सामाजिक कार्यक्रमा क्रियाशिल हुर्नुपर्छ उनले भने । कार्यक्रमा युवा संघ गण्डकी अञ्चल अध्यक्ष महेन्द्र गुरुङले युवाहरुले समाजमा रचनात्मक भूमिका निर्वाह गदै अगाडी बढनुपर्ने खाँचो आंैल्याए । उनले पोखराको पर्यटकीय केन्द् बैदाममा पर्यटकीय क्षेत्रको विकासका लागी भूमिका निर्वाह गदै वडामा पहिलो पार्टी बनाउनुपर्ने बताए ।  युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले समाजमा रहेका सवैखाले विकृति र विसंगतिको अन्त्य गदै समाता मुलक समाज निर्माणमा युवा संघले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले युवा संघले समाज रुपान्तरण गर्दै आर्थिक परिर्वतनको अभियानमा लाग्नुपर्ने बताए । उनले राजनीतिमा लाग्ने अवका यूवा बौद्धिक र क्रियाशिल हुनुपर्ने भन्दै बौद्धिकता र क्रियाशिलता  विनाको युवाको अर्थ नरहने बताए। युवा संघ पोखरा वडा नम्वर ६ का अध्यक्ष निर्मल पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव श्रीकृष्ण अधिकारी र स्वागत युवा संघ जिल्ला सदस्य दिपेन्द्र पहारीले गरेका थिए ।







Post a Comment

 
Top