गोल्डेन न्यूज संवाददाता
रेडियो जननीको आयोजना र जिल्ला विकास समिति कास्कीको सहयोगमा ढिकुरपोखरी गा.बि.स. मा २ दिने उद्यमशिलता तथा वातावरणमैत्री सिप हस्तान्तरण तालिमको समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथि ढिकुरपोखरी गा.बि.स.का गा.बि.स. सचिव थानेश्वर ढुंगानाले खेर जाने वस्तु बाट माला, ब्याज बनाएर यँहाका महिलाहरुले आयआर्जन गर्न पाउने भएकोले यो तालिम राम्रो भएको बताए। उनले जबसम्म नारीलाई आर्थिक स्वतन्त्रता दिईदैंन तबसम्म शान्ति नहुने बताउँदै महिलाहरुलाई सिपको सदुपयोग गर्न आग्रह गरे । रेडियो जननीकी अध्यक्ष हिरा भट्टराईले सिप सिकेर व्यवहारमा उर्तानु पर्नेमा जोड दिइन । उनले सिप सिकेर हस्तकला उद्योग खोल्न सुझाव दिंदै बजार व्यवस्थापनका लागि पद्मावती हस्तकला उद्योगले सहयोग गर्ने बताइन । रेडियो जननीका स्टेशन मेनेजर बिमला भण्डारीले अन्य क्षेत्रमा धेरै तालिम दिईसकेको भन्दै ढिकुरपोखरी गा.वि.स.का महिलाहरु पनि तालिमबाट लाभान्वित हुने उदेश्यले तालिम दिएको बताइन । उनले फूल, व्याज, माला लिन पोखरा पुग्नुपर्ने समस्यालाई यो तालिमले समाधान गर्ने बताए ।
कार्यक्रममा लैंगिक हिसां निगरानी समूहका संयोजक तथा तालिमका सयोंजक राधा कुँवरले सिप सिकेर व्यवसायमा लाग्न सके कसैले हेप्न नसक्ने बताए। तालिमको प्रशिक्षण चिनु थापाले दिएकी थिइन भने ढिकुरपोखरी गाविसका ९ वटा वडाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो । रेडियो जननीका अध्यक्ष हिरा भट्राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत रेडियोका स्टेशन म्यानेजर विमला भण्डारीले गरेका थिए भने कार्यक्रम सञ्चालन रेडियोका वरिष्ठ कार्यक्रम संचालक गंगा मरासिनीले गरेका थिए ।
Post a Comment