0
गोल्डेन न्यूज संवाददाता
मंहगी, भष्टचार र खाध सम्प्रभुताको बिषयमा आन्दोलनरत नेकपा (माओवादी)कास्कीले नेपाल वन्दको पूर्व सन्ध्यामा शनिबार पोखरामा बृहत् मोटरसाईकल ¥याली सम्पन्न गरेको छ। लखनचोक स्थित पार्टी कार्यालयबाट सुरु भएको बृहत् मोटरसाइकल ¥याली नयाँबजार, महेन्द्रपुल,पिएन क्यामपस, हरि चोक, पस्र्याङ, जिरो, हलनचोक लेकसाइड, तमु ह्हुय्ला चोक विरौटा, एयरपोर्ट, लखनचोक हुँदै अमरसिंह चोकमा गएर कोण सभामा परिणत भएको थियो।
कोण सभालाई सम्मोधन गर्दै जनपरिषद कास्कीका प्रमुख नन्दप्रसाद तिवारी जगनले नेपाल बन्द आन्दोलनको अन्तिम बिकल्प रहेको वताए।  उनले भने–खाद्यमा रहेको भष्ट्राचार महंगी र खाद्य सम्प्रभुताको बिषयलाई लिएर माओवादीले भाद्र २० गते देखि नै धर्ना, ज्ञापनपत्र, प्रचारात्मक आन्दोलन गर्दै सरकारलाई सचेत गराएको पनि बताए तर यो मुलुकका शासक वर्गले हामीलाई नटेरेकोले जनताकै खाद्य सम्प्रभुताको अधिकारको निम्ति नेपाल बन्दको बिकल्प रोजेको वताए। उनले भने–‘संसारमा दुई किसिमका हतियार उठिरहेका छन्, एक वधशालामा कसाईले! अर्को हस्पिटलमा डाक्टरले तर तिनका फरक उद्देश्य छन् । एउटा मार्ने अर्को बचाउने, मुलुकमा लागेका सामाज्य बादीरोग, विस्तारवादी रोग सामन्ती दलाली रोग, नोकर शाही दलाल पुँजीपति रोग यी हुन मुलुकमा लागेका रोगहरु यिनीहरुको उपचार्थ माओवादीले शल्यक्रिया गर्नु पर्यो भने डाक्टरकै रुपमा हतियार उठाउने छ। नेपाल बन्द जनताको अधिकारकै लागि भएकोले र कसैले बन्दको विरुद्धमा कुनै खाले गतिविधि अगाडि बढाएमा सबै गतिविधि अगाडि बढाउने राज्य नै जिम्मेवारी रहने छ।






Post a Comment

 
Top