0
गोल्डेन न्यूज संवाददाता
 निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की) को आयोजनामा एन प्याब्सान खेलकुद महोत्सव हुने छ। एन प्याव्सान कास्कीको यो ११ औ संकरण हो। महोत्वसव मंसीर १४ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने छ। महोत्सवलाई सफल बनाउनका लागि एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा शिवदत्त तिवारी, केशवशरण पौडेल, मनकाजी गुरुङ रत्ना कुमारी गुरुङ, प्रेमराज अधिकारी, दुर्गाराज सुवेदी, शारदा केसी, गणेश भण्डारी, राजु केसी, शिवराज पौडेल, विष्णुप्रसाद पौडेल सञ्जय पौडेल, अर्जुनप्रसाद अधिकारी, राजु कायस्थ रहेका छन्
 
त्यसैगरि समितिको सल्लाहकार याम खड्का, ज्ञानेन्द्रमोहन भट्टराई र रामप्रसाद शर्मा रहेका छन्। त्यसैगरी महोत्वलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपससमिति गठन गरिएको छ। प्रचार–प्रसार उपसमितिको संयोजकमा प्रेमराज अधिकारी, मार्च पास उपसमिति संयोजकमा कमल बहादुर मल्ल, फुटबल उपसमिति छात्र तर्फ संयोजकमा अजय थापा, फुटबल उपसमिति छात्रा तर्फको संयोजक हिमाल गुरुङ, टेवुलटेनिस उपसमिति संयोजकमा राजु केसी, वास्केटबल उपसमिति संयोजकमा राजु कायस्थ, भलिबल उपसमिति संयोजकमा प्रकाशराज वाग्ले, ह्याण्डबल उपसमिति संयोजकमा अर्जुनप्रसाद अधिकारी रहेका छन्।
 
त्यसैगरी एथेलेटिक्स उपसमिति संयोजकमा दुर्गाराज सुवेदी, स्वास्थ्य उपचार तथा खानेपानी व्यवस्थापन उपसमिति संयोजकमा हेमन्त अधिकारी, मञ्च सजावट तथा खाना व्यवस्थापन उपसमितिको संयोजकमा शारदा केसी, न्यायिक छानविन तथा निर्णायक उपसमितिको संयोजकमा रामबहादु मोची, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा भिम न्यौपाने, शान्ति सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा राजु कायस्थ, सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा मनकाजी गुरुङ रहेका छन्।  एन प्याब्सान कास्कीको सङ्कल्प ः खेलकुद शिक्षाको अभिन्न अङ्ग’ भन्ने मूल नार लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा संचालित हुनेछन्। महोत्सवमा नेसनल प्याब्सान, कास्कीमा आबद्घ चार दर्जन विद्यालयको सहभागि रहने छ।  कार्यक्रम सम्पन्न गर्न करिव १५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिउको कोषाध्यक्ष रत्ना गुरुङले जानकारी दिईन्। खेलाडीहरुको नामावाली, फोटो, कक्षा, रोल नं स्पष्टसंग सम्बन्धित विद्यालयका प्रिन्सिपलले प्रमाणित गरी मंसिर १० गते भित्र अनिवार्य रुपमा पठाउनुपर्ने व्यवस्था गरिएको अध्यक्ष मोचीले जानकारी दिए। ।






Post a Comment

 
Top