0
गोल्डेन न्यूज संवाददाता
पोखरा महोत्सवको सातौं संस्करण आगामी पुस २९ देखि माघ १० सम्म हुने भएको छ । युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंहचौरमा आयोजना हुने महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि युनाइटेड क्लवका अध्यक्ष सुकबहादुर गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । अन्य विभिन्न ३५ वटा उपसमितिहरु समेत गठन गरिएको छ । बिहीबार क्लवको कार्यालयमा सम्पन्न बैठकले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न उपसमितीहरु गठन गरिएको हो । गठित उपसमितिहरुमा कार्य सम्पादन उपसमितिमा हिमालय बख्रेल, सचिवालय उपसमितिमा लालकाजी गुरुङ, सुरक्षा उप–समितिमा लोकबहादुर थापा, प्रचार प्रसार उपसमितिमा राजु श्रेष्ठ, अर्थ तथा टिकटमा गणेश तिमिल्सिना, ब्यानरमा शान्त बहादुर थापा, स्टलमा कृष्णबहादुर थापा मगर, अतिथि सत्कारमा साबित्री थापा, बाल उद्यानमा भिमबहादुर गुरुङ, कलाकार ब्यवस्थापनमा दिनेश सुनार, खाना खाजामा निर्मला लामिछाने, मञ्च सजावटमा अनिल गुरुङ रहेका छन् । त्यसैगरी मूलद्वार ब्यवस्थापनमा सूर्य बहादुर बानियाँ, महिला समूह परिचालनमा पूर्णकला पोख्रेल, विद्युतीय सुरक्षामा रावत लामा, संघ–संस्था तथा ¥यालीमा सम्मर बहादुर श्रेष्ठ, अतिथि ब्यवस्थापनमा राजेन्द्र बहादुर थापा, मूल्यांकनमा क्या. फत्तेबहादुर गुरु, अनुगमनमा प्रेम छिरी शेर्पा, हस्तकलामा सविता श्रैष्ठ रञ्जित, प्रकाशन तथा मुद्रणमा लिलाधर अधिकारी, पार्किङमा सन्तोष कार्की, स्मारक निर्माणमा सिद्धि कुमार श्रेष्ठ, स्वयंसेवक परिचालनमा शिव थापा, पर्यटनमा भुवन ढकाल, विद्युत ब्यवस्थापनमा हरि श्रेष्ठ, प्राथमिक उपचारमा जयराम आचार्य, बीमा ब्यवस्थापनमा रामबहादुर थापा, प्रायोजक ब्यवस्थापनमा राजेन्द्र तिवारी, विद्यालय समन्वयमा ओम प्रसाद सुवेदी, खानेपानीमा जस बहादुर गुरुङ, यातायातमा रमेश बहादुर कार्की, सरसफाइमा बिजयमान गुरुङ, महिला समन्वयमा सीमा गुरु र फोटो तथा भिडियोग्राफीमा महेत्द्र भुर्तेललाई चयन गरिएको छ। त्यसैगरी सल्लाहकारहरुमा सुशिलराज पराजुली, विश्व प्रकाश लामिछाने, सेती थापा, तीर्थलाल श्रेष्ठ, शिववहादुर बराल, भरत केसी, दानबहादुर गुरु, कमल थापा, नीलकण्ठ पोख्रेल (निश्चल) र कार्यालय सचिवमा नविन श्रेष्ठलाई चयन गरिएको छ ।






Post a Comment

 
Top