0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ९ मा रहेको शान्तिवन वाटिका टोल विकास संस्थाको आयोजनामा हरिवोधनी एकादशीको अवसर पारेर वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। नयाँवजार राससको कार्यालय देखि प्रदर्शनी केन्द्र, शान्तिवन, कृषि उपजबजार हँुदै चाईनापुलसम्मको क्षेत्रमा सरसफाई गरिएको थियो । कार्यक्रममा वोल्दै सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराईले हरिवोधनी एकादशीको अवसरमा भएको सरसफाई ले टोल सफा राख्ने काम गरेको भन्दै यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा वडासचिव लोकदर्शन कोईराला, सल्लाहकार दुर्गादेवी पहारी, होतवहादुर रोकाया, प्रकाश पहारी, प्रहरी हवलदार शिव ढकाल, वडा नागरिक मञ्च पोखरा–९ का संयोजक सरस्वती श्रेष्ठ, शान्तिवन आमा समूह अध्यक्ष कृष्णकुमारी चौधरी, शुभकामना टोल विकास संस्थाका अध्यक्ष ननवहादुर श्रेष्ठ, कृषि उपज वजार संचालक समितिका अध्यक्ष रुद्र प्रसाद खनाल, नेपाल राष्ट्रिय फलपूmल तथा तरकारी थोक व्यवसायी संघ अध्यक्ष कुमार लामा, नेपाल राष्ट्रिय वाणिज्य संघ पोखरा–९ मण्डीका अध्यक्ष कृष्ण प्रसाद शाह, युवा संघ नेपाल कृषि उपज वजार शाखाका अध्यक्ष राजेन्द्र क्षेत्री, अनेम संघ पोखरा–९ का अध्यक्ष कन्याकुमारी गुरुङ्ग कृष्ण टोल विकास संस्थाका सचिव प्रेम गुरुङ्ग लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार प्रकाश पहारीले १ हजार रुपैयाँ सहयोग गरेका थिए। कार्यक्रमका लागि स्वस्तिका मेडिकलले माक्स, पन्जा सहयोग गरेको थियो । संस्थाका अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रकाश शर्माले कार्यक्रम संचालन गरेका थिए। संस्थाको कार्तिक २७ गते पाचौं साधारणसभा तथा स्मारीका शान्तिवन वाटिका  विमोचन कार्यक्रम आयोजना हुने सचिव प्रकाश शर्माले कार्यक्रममा बताए।








Post a Comment

 
Top