0
गोल्डेन न्यूज संवाददाता
पोखराको महेन्द्रपुलस्थित बुद्ध विशाल बजारका संस्थापक एवं समाजसेवी नन्द प्रसाद भट्टचनको निधन भएको छ । लामो समयदेखि दम र मुटुको समस्याबाट पिडित भट्टचनको बेलायतमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको जन्म सन् १९३३ मा मुस्ताङको लेतेमा जन्म भएको थियो । पूर्व ब्रिटिस आर्मी समेत रहेका स्वं भट्टचनले विंस २०४१ सालमा उनका भन्जा हर्क बहादुर शेरचनसँग सहकार्य गरेर पोखरामा पहिलोपटक विशाल बजारको अवधारणा ल्याई स्थापना गरेका थिए । त्यसपछि यस क्षेत्रमा ठूला कम्लेक्स स्थापना हुन थालेको थकाली सेवा समिति पोखराका अध्यक्ष विश्वमोहन गौचनले बताए । स्व. भट्टचनको शव बुधवार राति काठमाडौं ल्याईएको छ । विहीवार विहान १० बजेपछि पोखराको रामघाटमा थकाली परम्परा अनुसार अन्तिम संस्कार गरिने बताइएको छ । उनीको श्रीमती, तीन छोरा, एक छोरी र सात नातीनातिनी छन्। छोराहरु गोर्खा मेजर निर्मल भट्टचन हाल बेलायत, कम्प्युटर इ. विमल अमेरिका र निर्देश हाल हङकङमा बस्दै आएका छन् ।






Post a Comment

 
Top