0
राजाराम पौडेल÷गोल्डेन
पोखरेली गायक विनोद वानीयाको पहिलो एल्बम ‘मान्छे’मा विभिन्न गीत समावेश गर्ने क्रममा ‘म त बलेनीमा’ बोलको गीत समेत अटायो । एल्बमका माया देखायौ, वर्षातको रातमा, मान्छेको जुनी अचम्मै हुनी रहिछनी, तिमि हाँसीरहे लगायतका गीतले श्रोताको मन जीते । तर अन्य गीतको जस्तो ‘म त बलेनीमा’ बोलको गीतलाई उनले खासै प्रमोशन गर्न खोजेनन् । तर यो गीत एफ एम मार्फत पटक–पटक बज्ने गर्दथ्यो । उनी पनि एफ एममा काम गर्ने भएकोले सञ्चारकर्मीसँग चिनजान राम्रै थियो । उनले त्यतिबेला सञ्चारकर्मीलाई ‘म त बलेनीमा’ एफ एम मार्फत श्रोता माझ नपस्कन पटक–पटक आग्रह गर्दथे । कारण यो गीत बज्दा उनलाई लाज लाग्दथ्यो रे । ‘किन किन त्यो समयमा यो गीत बज्दा मलाई लाज लाग्थ्यो’ उनी थप्छन् ‘यहि कारण कतिपय सञ्चारकर्मी साथीलाई फोन गरेर अथवा भेटेरै यो गीत नबजाउन आग्रह गरे ।’ हुन त यो गीतले रक्सीको लतमा फसेको कुरा व्यक्क्त गरेको छ । तत् समयमा रक्सी पिउने व्यक्तिलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने चलन थियो । त्यसैले पनि होला विनोदले यो गीतलाई प्रमोसन गर्न खोजेनन् । तर अहिले समय बदलिएको छ । आम मानीसको सोचाइमा समेत विगतको तुलनामा व्यापक परिवर्तन आएको छ । पश्चिमेली संस्कृतीकोे प्रभाव व्याप्त भएको छ । रक्सी पिउने व्यक्तिलाई हेर्ने दृष्टिकोणमा समेत फरकता आएको छ । पुरुषले मात्र हैन महिला समेत नसाको तालमा मनोरञ्जन लिन खप्पिस बनेका छन् ।
त्यसैलेत विनोदले १८ वर्षको गजल रेष्टुरेन्टुमा गीत गाएको अनुभव र अहिलेको परिवर्तीत समाजलाई मूल्याकंन गर्दै उनले आफूलाई विगतमा लाज लाग्ने गरेको गीत ‘म त बलेनीमा’ रिमेक गर्ने निधो गरे । उनको यो निर्णय सहि सावित भएको छ । रिमेक गरेर आफ्नो तेस्रो एलबममा समावेश यस गीतको चर्चा ह्वात्तै बढेकोमा उनी उत्साहित छन् ।
‘यो गीत मेरो पहिलो एल्बम मान्छेमा समावेश थियो । शब्द र गीतले समेटेको विषयवस्तुको तालमेल त्यतिबेला हुन सकेको थिएन, हुनत त्यतिबेलाको समयमा त्यस्तै गीत चल्थे तर अहिले त्यसलाई रिकम्पोजिसन गरेर गीतले खोज्ने विषयवस्तु र लक्षित वर्गलाई टार्गेट गर्दा दर्शक श्रोतालाई मनपर्छ भन्ने विश्वासले नै हो’–विनोदले भने ।
यो कस्तो प्रकारको गीत हो भन्ने प्रश्नको जवाफमा उनी भन्छन् ‘यो रमाइलो प्रकारको गीत हो । सुन्दा विन्दास लाग्छ । यो गीत सुनिसकेपछि तनावबाट मुक्ति समेत मिल्छ । सोवियत खड्का र महादेव आर्चायको उत्कृष्ट शब्द रचनाले यस्लाई सुन्दर बनाएको छ ।’
गीत मार्फत आएको प्रतिक्रियाले उत्साहित भएका छन् । ‘एकदम राम्रो प्रतिक्रिया छ । गीत सुन्ने र हेर्ने दर्शकको संख्या बढ्दै गएको, कतिले फोनबाट, कतिले सामाजिक सञ्जालमार्फत त कतीले भेटेरै गीत मन प¥यो भन्नु भएको छ’ उनले भने ।
यो गीतको अर्को मुख्य पाटो म्युजिक भिडियो पनि बनेको छ । पल शाह, एलीसा राई र विनोद राई ‘घ्याम्पे सुब्बा’को अभिनय छ । अझ एरेन्जमेन्टले न्याय गर्दा म्युजिक भिडियो उत्कृष्ट बनेको छ । लक्ष्मण पौड्यालको निर्देशन र राजीभ समरको कोरीयोग्राफी म्युजिक भिडियो राम्रो बन्नुको अर्को कारण हो । उनको तेस्रो एल्बम ‘प्रोफाइल’ मा यो गीतको अलावा कस्तो मान्छे, सकिदैन मान्छेको, सुन्दै नसुन्नु प्रिय, प्यास ट¥यो बोलका पाँच गीत समावेश छन् । एल्बममा समावेश ‘कस्तो मान्छे’ बोलको गीतको म्युजिक भिडियो यसअघिनै निर्माण गरिसकेका थिए । तर अन्य गीत भन्दा रिमेक गरिएको म तबलेनीमा बोलको गीतलाई दर्शक श्रोताले रुचाएका छन् ।
हुन त २०५७ सालमा ‘माया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी औपचारिकरुपमा साँगीतिक यात्रा प्रारम्भ गरेका उनको पहिलो गीत मार्फत नै चर्चा बढेको थियो । २०५८ सालमा ‘मान्छे’ एल्बम पहिलो एल्बमको रुपमा उनले बजारमा ल्याए त्यसपछाडि कहिल्यै पनि पछाडि फर्किएर हेर्नुपरेको छैन । २०६३ मा दोस्रो एल्बम ‘डाउट’ श्रोता माझ पस्किएका यिनले यस एल्बमबाट आफ्नो लोकप्रियता बढाउन सफल भए । झण्डै तीन दर्जन भन्दा बढी गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका यिनले यतिनै गीतमा संगीत सँयोजन गरी गायकको रुपमा मात्र हैन राम्रो सँगीतकारको रुपमा स्थापित गराइसकेका छन् भने केही गीत रचना गर्न समेत भ्याएका छन् ।सबै विधाका गीतलाई न्याय गरी आवाज तथा संगीत गर्न सक्ने खुबी भएका उनले पपगीत, आधुनिक गीत, गजल, खेलकुद गीत, राष्ट्रिय गीतलगायतका सबै विधाका गीतमा आवाज तथा संगीत संयोजन गरिसकेका छन् । उनी विगत ११ वर्षदेखि सैनीक आवासीय महाविद्यालय फूलवारीमा संगीत शिक्षकको रुपमा कार्यरत छन् । कास्कीको हेम्जामा बाबु स्व. कृष्ण बहादुर र आमा शान्तिमाया बानियाँको एक्लो सन्तानको रुपमा जन्मिएका उनी बाल्यकालमा चञ्चले स्वभावका थिए रे । सानैदेखि संगीतमा रुची राख्ने उनी स्कुल लेभल पढ्ने क्रममा पछिल्लो बेन्चमा बस्ने र टेबुल बजाउने गर्दथे । त्यस समयमा विभिन्न प्रतियोगितामा भाग लिने गरेका उनले बढी मात्रामा नृत्य प्रतियोगितामा भाग लिने गरे । सात कक्षाबाट मादल बजाउन शुरु गरेका उनले दश कक्षा पढ्दै गर्दाबाट गीत गाउन शुरु गरेका हुन् । सांगीतिक क्षेत्रमा लागेर नाम, साथीभाई तथा श्रोता दर्शकको माया तथा यसै क्षेत्रमा लागी जीवन धान्न सकेकोमा खुशी उनी फुर्सदको समयमा फुटबल खेल्न तथा हेर्न र नयाँ ठाउँ घुम्ने गर्दछन् । २०५७ सालमा भएको राष्ट्रव्यापी आधुनीक गीत प्रतीयोगीतामा द्वितीय तथा क्षेत्रीय स्तरको प्रतीयोगितामा प्रथम हुन सफल उनले ढुकढुकी पप संगीत अवार्ड तथा माछापुच्छ«े म्युजिक अवार्डमा वेस्ट सिङ्गर अफ द एयर, अन्नपूर्ण म्युजिक अवार्ड मा वेस्ट नेशनल सङ अफ द एयर लगायतका अवार्ड तथा थुप्रै संघ–संस्थाबाट सम्मान पाईसकेका छन् । बानियाँले पोखराको चिप्लेढुङ्गामा हालैमात्र मेलोडि क्याफे एण्ड लाउञ्ज बार सञ्चालनमा ल्याएका छन् । पोखरेली युवाहरु शेखर शेरचन, गणेश बसौला र अशोक गुरुङ्गको सहकार्यमा क्याफे सञ्चालनमा आएको हो । क्याफेको दोस्रो वार्षिकोत्सवको अवसरमा भाद्र २१ गते मंगलबार गीतकार तीर्थ तामाङलाई मेलोडी अवार्डले सम्मान गरेको थियो । म्यूजिकमा डिप्लोमा गरेका बानियाँ पोखरामानै बसेर सांगीतीक क्षेत्रमा निरन्तर संर्घष गरिरहेका छन् । अब केहि समयमानै ‘मान्छे’ बोलको गीतलाई पनि रिकम्पोजिसन गरेर दर्शक श्रोतामाझ पस्कने तयारी उनले बनाएका छन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top