0
नयाँ शक्ति पार्टी नेपाल निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा सोमबार अर्मला गाविसमा बसेको भेलाले अर्मला गाँउ परिषद् समिति गठन भएको छ । भेलाका प्रमुख वक्ता नयाँ शक्ति नेपाल केन्द्रिय कार्यकारी सदस्य जित बहादुर गुरुङ ‘मामा’ले समृद्ध नेपाल निर्माणका लागि नयाँ विचार, संगठन र आचरण सहित वैकल्पिक राजनितिक दल निर्माणका बारेमा प्रस्ट्याउदै देशको आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए । त्यस्तै विशिष्ट वक्ताको रुपमा बोल्दै नयाँ शक्ति जिल्ला संयोजक हेम बहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि सम्पूर्ण युवाहरुलाई स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । भेलाले राम किसान परियारको संयोजकत्वमा ४१ सदस्यीय समिति गरेको छ । जसमा सदस्य विर सिह गुरुङ्ग, गुमान सिह परियार, शेर बहादुर परियार, भिम बहादुर परियार, कमल परियार, बिज्ञान गुरुङ्ग, ढोर बहादुर गुरुङ्ग, रिक बहादुर गुरुङ्ग, मगले परियार, लोके परियार, गोविन्द परियार, आइते परियार, फूलमाया परियार, शोभा परियार, कृष्ण नेपाली, दल बहादुर गुरुङ्ग, टेक बहादुर गुरुङ्ग, थम बहादुर गुरुङ्ग, भक्त बहादुर गुरुङ्ग, विनोद गुरुङ्ग, विनोद परियार, महिला वडा नागरिक मञ्च बिमाया गुरुङ्ग, हेल्थ पोष्ट स्यंमसेविका चन्द्र गुरुङ्ग, अनिता परियार, बिमता परियार, ठुलो ढुङ्गा तथा कयारे सामुदायीक वन अध्यक्ष गिन बहादुर गुरुङ्ग, टौश्री गुरुङ्ग, बिमला परियार, सोम बहादुर विक, देव बहादुर गुरुङ्ग, कुल बहादुर परियार, मनोज गुरुङ्ग, ओम बहादुर गुरुङ्ग, तुलस गुरुङ्ग, विष्णु परियार, सोम बहादुर परियार, दिना परियार, राजकुमार परियार, लोकमाया परियार र मनसुबा परियार रहेका छन् । भेलाको अध्यक्षता गर्दै तमु राष्ट्रिय परिषद् कास्कीका संयोजक एक बहादुर गुरुङले समितिलाई बधाई दिदै कुरा भन्दा कामलाई जोड दिनुपर्ने बताए । भेलामा नव निर्वाचित संयोजक परियारले आर्थिक समृद्धिको बाटोलाई पछ्याउदै स्थानीयको मर्मअनुसार कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । भेलामा केन्द्रीय परिषद् सदस्य लक्ष्मी गुरुङ, प्रदेश सहसंयोजक दुर्गा गुरुङ, संघिय समाजवाद वडा नं. १६ का संयोजक प्रदिप गुरुङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । भेलामा स्वागत मन्तव्य महिला शक्ति कास्कीकी सहसंयोजक कमला भण्डारीले गरेकी थिईन् भने संचालन जिल्ला सहसंयोजक शम्भु खाती परियारले गरेका थिए ।




Post a Comment

 
Top