गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले प्रहरीको कार्यशैली आफैलाई चित्त नबुझेको बताएका छन् । एसपी अर्यालले आफू मातहतमा रहेको प्रहरीको काम कार्वाहीमा आफै असन्तुष्ट रहेको बताए । वडा प्रहरी कार्यालय रामबजारको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलवार गरेको नागरिक सुनुवाई कार्यक्रममा उनले प्रहरीको कार्यशैली सन्तोषजनक नरहेको भन्दै सुधारको खाचो औंल्याए। उनले भने–‘प्रहरीको काम कार्वाहीमा म आफै सन्तुष्ट छैन तर सुधार भने हुँदै गएको छ । उनले प्रहरीको काम कार्वाही सन्तोषजनक नहुनुमा तत्लो तहका प्रहरी कर्मचारीलाई दोष लगाए । झण्डै ७२ हजारको संख्यामा रहेको प्रहरी संगठनमा झण्डै ६० हजार विल्लादार तथा प्रहरी जवान रहेको भन्दै उनले कार्यक्षेत्रमा खटिएर प्रत्यक्ष घुलमिल हुने तल्लोतहका प्रहरीले नागरिकको मन जित्नेगरी काम गर्न नसकेको आरोप लगाए । अन्यत्र केहि नभएपछि प्रहरीमा भएपनि जागिर खान आउने तल्लो तहका प्रहरीका कारण प्रहरी सेवालाई गुणस्तरीय बनाउन नसकिएको उनको संकेत छ ।
पछिल्लो समय तत्लो तहका प्रहरी कर्मचारीको दक्षता, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गरिएकाले उनीहरुको कार्यशैलीमा सुधार आउँदै गरेको अर्यालले बताए । प्रहरी प्रति नागरिकका गुनासोमा समर्थन जनाउँदै उनले प्रहरी कर्मचारीको कार्यशैलीमा सुधारको खाँचो औल्याए । कार्यसम्पादनका क्रममा नागरिकसँग प्रत्यक्ष घुलमिल हुने तल्लो तहका कर्मचारीलाई क्षमतावान बनाए प्रहरी संगठनको काम कार्वाही पनि गुणस्तरीय हुने उनको विश्वास छ ।
कार्यक्रममा बोल्ने केहि नगरवासीले प्रहरीले गर्ने ब्यवहार प्रति प्रश्न उठाएपछि जवाफ दिने क्रममा एसपी अर्यालले प्रहरीको कमजोरी स्वीकारेका हुन् ।
कार्यक्रममा बोल्ने केहि नगरवासीले प्रहरीले गर्ने ब्यवहार प्रति प्रश्न उठाएपछि जवाफ दिने क्रममा एसपी अर्यालले प्रहरीको कमजोरी स्वीकारेका हुन् ।

Post a Comment