0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति पार्टी नेपाल निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा मंगलबार कास्की जिल्ला अन्तर्गत कास्कीकोट गाविसको कार्यालयमा बसेको भेलाले कास्कीकोट गाँउ परिषद् समिति गठन भएको छ ।  भेलाले मिन बहादुर बस्नेतको संयोजकत्वमा २१ सदस्यीय समिति गरेको हो । भेलाका प्रमुख वक्ता नयाँ शक्ति नेपाल कास्की जिल्लाका संयोजक हेमबहादुर थापाले देश कठिन परिस्थितिमा गुज्रिरहेको बेला आर्थिक उन्नतिको बाटोमा लम्कनुपर्नेमा जोड दिंदै अहिलेको समयमा आर्थिक समृद्धि गरेरनै राष्ट्रलाई बचाउन सकिने बताए । नवगठित समितिको सह–संयोजकमा सूर्य परियार रहेका छन् भने सदस्यमा श्यामबहादुर लामा, धन बहादुर बिक, नारायण सुबेदी, गंगा रानाभाट, महेन्द्र गिरी, आविष्कार सुवेदी, सुर्यबहादुर रानाभाट, दुर्गा बहादुर बिक, संगीता सुबेदी, विष्णु प्रसाद सुबेदी, माधव दाहाल, नवराज बस्नेत, सागर सुबेदी, ढाकामोहन परियार, देवेन्द्र परियार, प्रकाश परियार, राजु परियार, लक्ष्मण परियार, सम्भु परियार रहेका छन् ।समिति गठन पश्चात नवनिर्वाचित संयोजक मिनबहादुर बस्नेतले गाँउको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य देवी सुवेदी, टिकाराम पौडेल, नारायण हरि तिवारी, नेपाल समाजवादी ट्रेड युनियन प्रदेश नं. ४ संयोजक रिम बस्याल, दलित शक्ति प्रदेश संयोजक शम्भु खाती परियार, महिला शक्ति जिल्ला संयोजक लक्ष्मी खाती परियार, समाजवादी ट्रेड युनियन जिल्ला संयोजक बाबुराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता तथा संचालन नयाँ शक्ति नेपाल कास्की क्षेत्र नं. ४ संयोजक तोयानाथ लम्सालले गरेका थिए भने स्वागत मन्तव्य ट्रेड युनियनका शिब बहादुर अधिकारीले राखेका थिए ।



Post a Comment

 
Top