0
गोल्डेन न्यूज संवाददाता
अनुशिलन कला पाठशालाले देशव्यापीरुपमा खुल्ला नृत्य प्रतियोगिता गर्र्ने भएको छ । अनुशिलन परिवार यु.ए.इको मुख्य प्रायोजन र साँस्कृतिक संस्थान नेपालको सह प्रायोजनमा यही पौष २ गते प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ। प्रतियोगिताका लागि आगामी ंसिर १७ गते पोखरामा अडिशन राउण्ड सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई विवाद रहित बनाउन ७ वटै प्रदेशमा नृत्य विज्ञहरुलाई निर्णायकको जिम्मा दिइने कार्यक्रम संयोजक गोरे गुरुङले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए। प्रतियोगिताका विजेताहरु प्रथम, द्वितीय, तृतीय र सात्वनाले क्रमशः १ लाख, ५० हजार, २५ हजार र तीन समूहले  १०÷१० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । सोही अवसरमा संस्कृति, संगीत र नृत्य विधामा आफनो सम्पूर्ण जीवन व्यथित गर्ने पोखरेली स्रष्टाहरु पद्मराज ढकाल, धन बहादुर गायक र बुद्धि गुरुङ (गौरी) लाई नगद ५१÷ ५१ हजार रुपैयाँसहित सम्मान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लोपोन्मुख नृत्यलाई अहिलेको नयाँ पिढीमा सिकाउनुका साथै विभिन्न खालका नृत्यहरु प्रस्तुत गरिने बताइएको छ।  हाल सम्ममा २६ टिम दर्ता भइसकेको आयोजकले बताएको छ ।



Post a Comment

 
Top