0
गोल्डेन न्यूज संवाददाता
टिभिएस विगो मिस क्विन लेखनाथ सिजन २ को उपाधि लेखनाथ–७, तालचोककी अनुराधा लामिछानेले जितेकी छन् । उनले ६ जना प्रतियोगीलाई पछि पार्दै उपाधि सहित टिभिएस विगो स्कुटर हात पारिन् साथमा लेखनाथको ब्राण्ड एम्बेसेडर बन्ने मौका समेत प्राप्त गरेकी छन् ।
त्यसैगरी फस्ट रनरअपमा लेखनाथ–१२ खुदीकी स्मृति ओझा भईन् भने सेकेन्ड रनर अप पावर हाउसकी सुस्मिता पुन भईन् ।
त्यसैगरी भ्यूअर च्वाइसमा लेखनाथ भण्डारढिककी ज्योती खड्का भईन् । जगदम्बा मोटर्सको टि भि एस विगोको टाईटल स्पोन्सर रहेको कार्यक्रमको आयोजना लेखनाथ मिडिया हाउस र सहआयोजक रोट्याक्ट क्लव लेखनाथले गरेको थियो ।त्यस्तै सेभेन मिडिया नेटवर्कको व्यवस्थापन र फोटोमण्डलको पार्टनरमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पोखरा उपत्यका नगर विकास समितीका अध्यक्ष प्रकाश मोहन खनालले लेखनाथको विकास र प्रचार–प्रसारमा यस्ता खाले कार्यक्रममले विशेष योगदान पु¥याउने उल्लेख गरे ।त्यसैगरी विशिष्ट अतिथि लेखनाथ नगरपालिका कार्यालयका कार्यवाहक प्रमुख राममणि अधिकारीले अब लेखनाथ समृद्ध बन्न लागेको र त्यसको थप विकासमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लेखनाथमा वन्न लागेको समेत जानकारी दिए । लेखनाथमा एक मात्र इभेन्ट भएको हुनाले समेत विशेष गरी सम्पूर्ण लेखनाथ वासीहरुले विशेष आकर्षणको रुपमा लिने गरिन्छ । लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक सन्दिप पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अस्मिता केसी संगै सचिन रानाभाटले गरेका थिए ।


Post a Comment

 
Top