0
गोल्डेन न्यूज संवाददाता 
लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारी तथा लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीको संयुक्त पिस पोस्टर प्रतियोगिता एक कार्यक्रम बीच सम्पन्न भएको छ। विभिन्न १२ विद्यालयका २४ जना विद्यार्थीहरुको सहभागीमा आयोजित प्रतियोगिता पोखराको रत्नज्योती उच्च मावि रत्नचोकमा सम्पन्न भएको थियो।  प्रतियोगितामा लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीको तर्फबाट पोखरा क्याम्व्रिज इङलिस स्कुलकी शोभा श्रेष्ठ प्रथम, डिजिल्याण्ड एकेडेमीका सविन गुरुङ्ग द्वितीय, सिद्धार्थ लवडेल वोडिङ स्कुलका कल्याण गुरुङ्ग तृतीय हुन सफल भएका थिए भने लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीको तर्फवाट रत्नज्योति उच्च माविकी पूजा पाण्डे प्रथम, पोखरा क्याम्व्रिज इङलिस स्कुलकी दीपा आचार्य द्वितीय, डिजिल्याण्ड एकेडेमीका सरोज आचार्य तृतीय हुन सफल भएका थिए ।  विजेता लाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि १ का व्लड डोनेशन कमिटी चियर पर्सन किशोर वरालले प्रतियोगितामा भाग लिनु भनेको ठूलो कुरा भएकाले शान्ति स्थापनामा वुझेको शिप र ज्ञान सधंै राम्रो ठाउँमा प्रयोग गर्न सुझाव दिए । लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीका अध्यक्ष शालिग्राम देवकोटाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा निर्णायक तथा वरिष्ठ कलाकार गोपाल श्रेष्ठ, डिष्ट्रिक्टका पिस पोष्टर संयोजक सूर्यनाथ कोइराला, रत्नज्योति उच्च ाविका प्राचार्य तथा कार्यक्रम संयोजक लायन हेमन्त अधिकारी, रिजन चियर पर्सन चूडामणि बराल, गोल्डेन सोसाइटीका अध्यक्ष सीतादेवी बराल, लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीका सचिव लक्ष्मीनारायण देवकोटा, लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीका भूपू अध्यक्ष गोपीनाथ वराल लगायतले प्रतियोगिताले वालवालिकाको प्रतिभा बढाउन सहयोग गर्नुको साथै विश्व शान्ति अभियानमा टेवा पुग्ने बताए ।

Post a Comment

 
Top