0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वीचोकस्थित बास्तोल कम्प्लेक्समा आयोजना हुने दोश्रो सस्तो ब्यापार मेलामा नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा) हुने भएको छ । नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रदेश अन्र्तगत पहिलो नृत्य प्रतियोगिता समावेश गरिएको ब्यापार मेलाका संयोजक माधव बस्तोलाले बताए ।  प्रदेश ताराको प्रथमले नगद ३० हजार,द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वन हुन सफल दुई जनालाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने संयोजक बाँस्तोलाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रदेश तारामा सोमबारसम्म ३० जनाले नाम दर्ता गरेको र मंसिर आठ गतेसम्म दर्ताँ समय रहेकाले अझै बढने बाँस्तोलाले बताए । कम्प्लेक्समा मंसिर ९ गतेदेखि १५ गतेसम्म सस्तो व्यापार मेला आयोजना हुदैछ । कम्प्लेक्स शुभारम्भ एवं दसैंको अवसर पारेर पहिलो सस्तो व्यपार मेला एवं लोक दोहरी धमाका असोज १८ गते देखि २२ गते सम्म भएको थियो। पहिलो मेलाबाट प्राप्त सफलताबाट दोश्रो मेला आयोजना गर्न लागेको उनले बताए । संस्कृतिको माध्यमबाट पोखराको समग्र विकासलाई ध्यान दिँदै यस क्षेत्रमा रहेका विपन्न निम्न आय भएका र नव उद्यमशील उद्यमीहरुको आर्थिक वृद्धि तथा समृद्धिका लागि उत्कृष्ट बजार स्थापित गर्न कम्प्लेक्समा मेला आयोजना गरिएको बास्तोलाले बताए । उनका अनुसार विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुको प्रवद्र्धनका साथै एकै थलोमा वस्तुको पहिचान र सेवालाई उपभोक्ता सम्म पु¥याउने, कम्प्लेक्स भित्रको व्यवसायको प्रवद्र्धन, साहित्य कला र संस्कृतिको प्रचारप्रसारका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य मेलाको छ । साथै मेलामा स्थानीय तथा घरेलु सामग्रीहरुको प्रचारप्रसार तथा प्रवद्र्धन र कृषि तथा उत्पादित वस्तुको बजारीकरणमा मेलाले सहयोग पु¥याउने उनले बताए । मेलाको थप आकर्षणमा मेलामा लोक दोहोरी धमाका, विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी रहेको छ । ३ करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन् । करिब १८ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाको १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ ।बास्तोला कम्प्लेक्स माधव बास्तोला, बलराम बास्तोल, उमराज बास्तोला र बाबुराम आचर्याले सञ्चालनमा ल्याएका हुन् । कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पार्किङको सुविधा लगायतका विशेषता छन् । पत्रकार सम्मेलनको संचालन नेत्रपाणी बास्तोलाले गरेका थिए ।

















Post a Comment

 
Top