0
गोल्डेन न्यूज संवाददाता
अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित सिद्ध बराह उच्च माविको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लवको १०औं बार्षिकोत्सवको अवसर पारेर बालरोग, मेडिकल, स्त्री तथा प्रसुति, नाक, कान, घाटी सम्बन्धी निःशुल्क शिविर गरेको हो । शिबिरमा २ सय १२ जनाले स्वास्थ्य तथा औषधि वितरण गरेको थियो । शिविरमा निःशुल्क रुपमा रगत र पिसाबको जाँच गर्नुका साथै फिजियोथेरापीको पनि सेवा प्रदान गरेको रिजनल हस्पिटलाका मेडिकल डाइरेक्टर डा. यज्ञराज सिग्देलले जानकारी दिए। शिविरमा रिजनल हस्पिटलबाट मेडिकल डाइरेक्टर तथा बालरोग बिशेषज्ञ डा. यज्ञराज सिग्देल, फिजिसियन डा. मनोज कोईराला, स्त्री तथा प्रसुति विशेषज्ञ डा. तारा गुरुङ, नाक÷कान÷घाटी रोग बिशेषज्ञ डा. आकाशमणी भण्डारीले स्वास्थ्य परीक्षण गरेको सिग्देलले जानकारी दिए । शिविरमा डाक्टर, स्टाफ नर्स, ल्याब एसिस्टेन्ट लगायत २० जनाको प्रविधिक टोली र आयोजक क्लबको स्वयंसेवक गरि ४२ जनाको टोली शिविरमा गएका थिए । शिविरमा वृद्धहरुको बाक्लो उपस्थिति रहेको र स्वास्थ्य परीक्षण पछि खुशी व्यक्त गरेको कार्यक्रम संयोजक राजु गिरीले बताए । यसअघि पञ्चासे जलाधार विकास समितिका अध्यक्ष निर्मल पौडेल, बालरोग विशेषज्ञ डा. यज्ञमान सिग्देल, रिजनल हस्पिटलका म्यानेजर अर्जुन शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति तथा क्लवका अध्यक्ष मोहन बहादुर केसीले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै विशेष सहयोगीलाई कदर पत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन राजु गिरीले गरेका थिएभने स्वागत मन्तव्य अभियान महिला उप–समितिकी सिर्जना थापाले राखेकी थिईन् ।

Post a Comment

 
Top