0
गोल्डेन न्यूज संवाददाता
लेखनाथमा वित्तिय संस्थाहरु मध्येको अग्रणी संस्थाको रुपमा परिचित लेखनाथ–१२, गगनगौंडामा अवस्थित श्री रुपा बहुउद्देशीय बचत तथा ऋण सहकारीको कार्यसमिति, उप–समितिहरु बीच भाइचारा अभिवृद्धि तथा सांस्कृतिक सम्पदा एवं समयानुकूल विकासको ७ दिने अध्ययन तथा अवलोकन भ्रमण पुरा गरी मंगलबार फर्किएको छ । भ्रमण टोलीमा संस्थाको ३७ जनाको सहभागिता रहेको र टोलीले नेपाल तथा भारतका विभिन्न पर्यटकीय स्थलहरु दामन, काकडभित्ता, विरगञ्ज, कोलकत्ता, सिलगुडी लगायतका शहरहरुको भ्रमण गरेको संस्थाका सचिव वलराम अधिकारीले बताए । आर्थिक संयोजक महेन्द्र बस्नेत र भ्रमण टोलीका संयोजक सुन्दर पराजुलीले भ्रमण अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी रहने बताए। ध्रुव केसी अध्यक्ष रहेको उक्त संस्थामा हाल २३४ शेयर सदस्य रहेको संस्थाले आगामी महिनासम्म अधिकृत पूँजी १० करोड पुर्याउने लक्ष्य रहेको अध्यक्ष केसीले जानकारी दिए। साथै आगामी आर्थिक वर्षमा करिब २ करोडमा आफ्नै व्यापारिक  भवन वनाउने ड्रिम प्रोजेक्ट अघि सारेको छ ।







Post a Comment

 
Top