0
गोल्डेन न्यूज संवाददाता
पाचौ राष्ट्रिय कर दिवसको अबसरमा पोखरामा कर सप्ताह सुरु भएको छ । कर दिवस तथा कर सप्ताहको अवसरमा बुधवार पोखरामा प्रभातफेरी निकालिनुको साथै गण्डकी र धौलागिरीका उत्कृष्ट करदाताको नाम समेत सार्वजनिक गरिएको छ। कर सप्ताह उद्घाटनको अवसरमा पोखरा सभागृहबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थानको परिक्रमा सहित आन्तरिक राजश्व कार्यालयको प्रांगणमा पुगेर टुङ्गिएको थियो । प्रभातफेरीमा पोखरा र लेखनाथका उद्योगी ब्यवसायीको सहभागिता थियो । प्रभातफेरीमा सहभागीले कर तिरौं आत्मसम्मानको अनुभूति गरौ, गौरबको साथ तिरौं कर, संबृद्ध राष्ट्र हाम्रो रहर लेखिएका प्ले कार्ड र ब्यानर बोकेका थिए । प्रभातफेरीपछि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले गण्डकी र धौलागिरी क्षेत्रका उत्कृष्ट ९ करदाताको नाम सार्वजनिक गरे । आर्थिक बर्ष २०७१÷७२ मा उत्कृष्ट कर सहभागिता जनाइ बढी कर दाखिला गर्ने करदाता मध्येबाट जिल्लागत रुपमा सार्वजनिक गरिएको विवरण अनुसार कास्कीमा विदशी नागरिक मार्कस अलेक्जेन्डर चाल्र्स कटनद्वारा सञ्चालित टाइगर माउण्टेन प्रालि अग्रस्थानमा छ ।
त्यस्तै तनहुँको गण्डकी ट्रेड सप्लायर्स, स्याङजाको कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंक लिमिटेड , बाग्लुङको जय कालिका भगवती निर्माण सेवा प्रालि, मुस्ताङको अमित बिल्डर्स, लम्जुङको कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोरखाको मनास्लु बिकास बैंक लिमिटेड, पर्वतको नमूना आवासिय माध्यामिक विद्यालय र म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् । कर प्रशासन,कर सचेतना तथा सहभागिता तथा सञ्चालनमा सहयोग पु¥याउने संस्था मध्येबाट लेखनाथ उद्योग वाणिज्य संघ र पर्वत उद्योग वाणिज्य संघलाई सम्मान गरिने भएको छ । उत्कृष्ट कर्मचारी तर्फ नासु रविन्द्र विकलाई सम्मान गरिने भएको छ । उत्कृष्ट करदाताहरु लाई कर सप्ताहको अन्तिम दिन मंसिर ७ गते सम्मान गरिनेछ । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माका अनुसार गण्डकी र धौलागिरीका १० जिल्लामा एक लाख ९ हजार २ सय ८८ करदाता छन् । व्यवसायिक प्यानमा दर्ता भएका ६८ हजार ५ सय २७ छन् भने व्यक्तिगत प्यानमा दर्ता भएका ४० हजार ७ सय ६१ जना छन् । त्यसमध्ये भ्याटमा दर्ता भएका ११ हजार २ सय ८४ छन् । कार्यालयले आर्थिक बर्ष २०७२÷७३ मा पाँच अर्व २ करोड २६ लाख राजश्व अशुलीको लक्ष्य राखेकोमा ५ अर्व ४३ करोड १० लाख राजश्व अशुली गरेको छ । लक्ष्यको तुलनामा १०८.१ प्रतिशत राजश्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत शर्माले बताए । त्यस्तै चालु आर्थिक बर्ष २०७३÷०७४ मा ५ अर्व ८२ करोड ४६ लाख राजश्व संकलनको लक्ष्य राखिएकोमा कार्तिक मसान्तसम्म दुई अर्व १ करोड २७ लाख संकलन भएको छ । कर सप्ताह अन्तर्गत करदाता शिक्षा तथा अन्तत्र्रिmया कार्यक्रम, कार्यालयस्तरीय डवल ब्यडमिन्टन प्रतियोगिता, कर सम्बन्धी अन्तत्र्रिmया र संवाद तथा उत्कृष्ट करदाता सम्मान कार्यक्रम हुनेछन् ।




Post a Comment

 
Top