0
तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार पोखरा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षालाई मध्ये नगर गरेर शुक्रबार पोखरामा प्याराग्लाइडिङ उडाउन रोक लगाएको छ । पोखरा नागरिक उड्यान कार्यालय पोखराले नेपाल हवाइ खेलकुद सस्थालाई पत्रपठाएर शुक्रबारका सबै उडान रोक लगाएको हो । भिभिआईपिको उठान हुने भन्दै शुक्रबार प्याराग्लाइडिङ उडान रोक लगाएको पत्रमा उल्लेख छ । पोखरामा अहिले ५३ प्याराग्लाइडिङ कम्पनीले प्याराग्लाइडिङ उठान गर्दै आएका छन् । सिजनको बेला भएका कारण प्याराग्लाइडिङ उठान रोकिना व्यवसायमा असर पर्ने व्यवसायीको भनाई छ । मुखर्जी शुक्रबार दिऊसो पोखरा विमानस्थलबाट पोखरा ग्राण्ड होटलमा आराम गर्न जाने र केहिवेरको आरामपछि उनी एयरपोर्ट, पृथ्बीचोक हुदै पोखरा १० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । मुखर्जीको स्वागतमा पोखरामा विभिन्न नौ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेलसम्मको बाटोको दुबैतर्फ दुबै देशका झन्डासहित भरिएका पानीका घडा राखेर स्वागत गर्ने तयारी रहेको छ । मुखर्जीको सुरक्षार्थ करिब १५ सय सुरक्षाकर्मी खटिने छन् । उनको पहिलो सुरक्षा घेरामा भने भारतीय कमाण्डोनै खटिनेछन् । दोस्रो तहमा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी रहनेछ । पोखरामा रहने समयमा उनको सुरक्षाको कडा प्रबन्ध मिलाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।


Post a Comment

 
Top