0
गोल्डेन न्यूज संवाददाता
जन्म दिनको अवसर पारेर पोखरा–१८ वाच्छीवुडुवामा रहेको वात्स्यायन बृद्धाश्रमलाई अत्यावश्यक सामाग्री सहयोग गरिएको छ। पोखरा–२९ हेमजा मिलनचोक निवासी भोजराज पौडेल र उनकी श्रीमती सविना अधिकारी पौडेलले आफ्नो एक वर्षका छोरा अंशु पौडेलको जन्मदिन पारेर वृद्धाश्रममा सहयोग गरेका हुन्। उनीहरुले वृद्धाश्रममा फलफुल दक्षिणा र अत्यावश्यक सामाग्री गरि करिव ४५ हजार वारवरको सहयोग गरेका हुन्। कार्यक्रममा भोजराज पौडेल, सविना अधिकारी पौडेल, अंशु पौडेलका ठूलोवुवा अर्जुन पौडेल काका विदुर पौडेलले बृद्धवृद्धलाई फलपूmल वितरण गरेका थिए। कार्यक्रममा बोल्दै अंशु पौडेलका वुवा भोजराज पौडेलले जन्म दिनमा गरिने तडक भडकलाई रोकी समाजिक क्षेत्रमा काम गर्ने परिपाटीको विकास गर्न आफूले बृद्धाश्रममा सहयोग गरेको बताए। सामाजिक क्षेत्रमा काम गर्दा सधै आनन्दको महसुस हुन्थ्यो। छोरो पनि ठूलो भएपछि सामाजिक क्षेत्रमा काम गर्ने पाईला अगाढि वढुन् भनेर नै हाम्रो परिवारको सल्लाहले नै यो सहयोग गरेका हौ उनले भने–आज गरेको यो सहयोगले हाम्रो परिवारलाई आत्मसन्तुष्टी मिलेको छ। कार्यक्रममा वात्स्यान वृद्धाश्रमका अध्यक्ष बोधबहादुर कार्कीले सहयोग प्रति आभार प्रकट गरे। यो वृद्धाश्रम तपाईहरु जस्तै दाताहरुको सहयोगले नै सञ्चालन हुदै आएको छ उनले भने–तपाईहरु यहि आएर यहाँको अत्यावश्यक सामाग्री हस्तान्तरण गर्ने काम गर्नुभएकोमा यसको लागि म सञ्चालक समितको तर्फबाट आभार प्रकट गर्दछु। कार्यक्रममा अंशु पौडेलका ठुलो वुवा अर्जुन पौडेलले यस ठाँउमा आएर बृद्धाश्रममा सहयोग गर्न पाउदा निकै आनन्दित भएको बताए। कार्यक्रमको सञ्चालन पत्रकार प्रकाशचन्द्र सापकोटाले गरेका थिए।





















Post a Comment

 
Top