0
गोल्डेन न्यूज संवाददाता
कास्कीको कालिका गाविसस्थित कालिका सोलार लिफ्टिङ खानेपानी तथा सरसफाई परियोजनाको मंगलवार उपभोक्ता समिति गठन गरिएको छ । समितिको अध्यक्षमा तेजराज तिमिल्सिना, उपाध्यक्षतमा विष्णुमाया पौडेल, सचिवमा रामकृष्ण त्रिपाठी, सह–सचिवमा नारायणप्रसाद त्रिपाठी र कोषाध्यक्ष सूर्य बहादुर जिसी चयन भएका छन् ।  सदस्यहरुमा होम नेपाली, विष्णुहरि तिमिल्सीना, सरस्वती पौडेल, रमा वि.क., हरिश्चन्द्र भण्डारी, दुर्गाप्रसाद गौतम र गितादेवि तिमिल्सिना रहेका छन् । समितिको सल्लाहकारहरुमा मान बहादुर जिसी, कृष्ण बहादुर केसी, निर्मल दियाली सुनार, शोभाखर ढकाल, भानु ढकाल, पुष्पराज त्रिपाठी, राजेश घिमिरे र बैन बहादुर केसी रहेका छन् । सो आयोजना सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी कास्की शाखा र युनिका फाउण्डेसन नेदरल्याण्ड वीच सम्झौता भइसकेको छ । योजना सम्पन्न भएपछि कालिका गा.वि.स. वडा नं. १, २, ४, ५ र ८ का ३२४ घरधुरीका १ हजार ७ सय ४ जनसंख्या लाभान्वित हुनेछन् । सोलार र विद्युतीय लिफ्टिङ्ग मार्फत पानी तान्ने प्रणालीको प्रयोग गरी सो योजना सम्पन्न हुने भएको हो ।
कार्यक्रममा बोल्दै रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाले जनसहभागितामा आधारित यस परियोजना पश्चात स्थानीयहरुको आयआर्जनमा समेत टेवा पुग्ने बताए । नेपाल रेडक्रस सोसाइटी कालीका उपशाखाका सभापति राजेश कुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस प्रतिनिधि गुरुप्रसाद कुइकेल, एमाले प्रतिनिधि निर्मल दियाली सुनार, रेडक्रस कास्की शाखाका उपसभापति डोलराज पाण्डे, सदस्य सूुर्यप्रसाद ढकाल, उपनिर्देशक खेमराज सापकोटा, गाविस सचिव शोभाखर ढकाल, कालीका उपशाखाका उपसभापति नारायण त्रिपाठी, सचिव सूर्य बहादुर जिसी , परियोजना प्रमुख शुक्रराज सुवेदी लगायतले बोलेका थिए । 
खानेपानी आयोजनाको कुल लागत ३ करोड ८८ लाख ९३ हजार रुपैयाँ रहेको छ । यसमध्ये युनिका फाउण्डेशन नेदरल्याण्डबाट २२ लाख १४ हजार र पानी तान्ने मोटर प्रणाली तथा समुदायको तर्फवाट नगद ४६ लाख ८९ हजार  र १ करोड १२ लाख रुपैयाको जनश्रम रहने छ ।







Post a Comment

 
Top