0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्र कास्की वडा कमिटी पोखरा–१० ले आफ्नो वडालाई फोहोरमुक्त बनाउने योजना अनुरुप बुधवार पोखरामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । रंगशालागेट देखि सुरुभएको कार्यक्रम अमरसिँहचोकमा पुगेर समापन भएको छ । कार्यक्रमको नेकपा माओवादी केन्द्रका पोलिट्व्युुरो सदस्य तथा कास्की संयोजक राजकाजी गुरुङ (करण)ले शुभारम्भ गरे । अब एउटा वडालाई मात्र नभई सम्पूर्ण पोखरा नगरलाई नै सफा र ग्रिनसिटी वनाउने अभियानको नेतृत्व माओवादी केन्द्रले गर्ने नेता करणले बताए । सरसफाई लगायतका जनताको स्वास्थ्यसँग जोडिएका सकारात्मक कार्यक्रमहरुमा माओवादीको जहिले पनि सक्रिय साथ र सहभागिता रहने भन्दै नेता करणले  वडामा सुरु गर्न लागेको सौर्यवत्ति जडान अभियानमा पनि पार्टीको तर्फवाट सक्दो पहल गर्ने वताए । टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष सम्मरवहादुर श्रेष्ठले टोललाई सफासुग्घर वनाउने राम्रो कार्यक्रम माओवादी केन्द्रले सुरुवात गरेकोमा खुशी व्यक्त गर्दै अन्य राजनीतिक पार्टीहरुले पनि माओवादीको सिको गर्न सुझाव दिए । माओवादी केन्द्र वडा कमिटीका अध्यक्ष रामवहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत  कार्यक्रम संयोजक हिमालय वख्रेल तथा संचालन सचिव सूर्य बाँनियाले गरे ।
कार्यक्रममा पार्टीका जिल्ला नेताहरु, स्थानीय नेता कार्यक्रर्ता, टोलविकास संस्था, सुरक्षाकर्मी, आमासमुह तथा स्थानीयहरुको सहभागिता थियो ।
कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयले फोहोर वोक्न २ वटा गाडी र पञ्जा उपलव्ध गराएको थियो । विहीवार वडा कमिटीको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम राखिएको कार्यक्रम संयोजक हिमालय वख्रेलले जानकारी दिए ।

Post a Comment

 
Top