0
गोल्डेन न्यूज संवाददाता
पोखरामा नयाँ शक्ति पार्टी नेपालको जिल्ला शाखा लेखनाथद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिजया दशमी, दिपावली, नेपाल सम्वत, छठ तथा ईदको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठी, तमु राष्ट्रिय परिषद् नेपालका संयोजक दुर्गा बहादुर गुरुङ्ग, नेपाली कांग्रेसका राजेन्द्र मणी लामिछाने, नेकपा एमालेका मोहन गुरुङ, माओवादी केन्द्रका कोमलनाथ बराल, अखण्ड नेपालका चतुराखर अधिकारी, केन्द्रीय परिषद् सदस्य नारायणहरि तिवारी, कास्की सह–संयोजक खड्ग गुरुङ तथा शम्भु खाती परियार, होटल व्यवसायी संघका दामोदर भक्त थापा, रुपाताल सहकारीका अध्यक्ष कुल प्रसाद अधिकारी, विद्यार्थी नेता सन्तोष आचार्य तथा सुनिल पौडेल, लेखनाथ युवा संयोजक शेरमान तमु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु लगाएतले शुभकामना मन्तव्य राखेका थिए । नयाँ शक्ति नेपाल अन्तर्गत तमु राष्ट्रिय परिषद् नेपालका संयोजक दुर्गा बहादुर गुरुङ्गले नेपाललाई साँस्कृतिक पर्व तथा चाडहरुले एकतावद्ध बनाएको र संस्कृतिलाई विकास गर्दै पर्यटकलाई भित्राउन सके आर्थिक लाभ लिन सकिने बताए । त्यस्तै केन्द्रिय परिषद् सदस्य नारायणहरी तिवारीले सबै युवा जनशक्तिलाई आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै संस्कृतिको जगेर्ना गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । खराब प्रवृतिलाई हटाउँदै आर्थिक विकासतर्फ लाग्नुपर्ने वक्ताहरुले बताए । चाडपर्व तथा जातजातिका धनी हामी नेपाली आपसमा मिलेर जानुपर्ने वक्ताहरुले बताए । नयाँ शक्ति पार्टी नेपाल लेखनाथका संयोजक नन्द बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य लेखनाथ सह–संयोजक हस्त बहादुर कुँवर गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला सदस्य कमल थापाले गरेका थिए ।

Post a Comment

 
Top