0
पोखराको गैहपाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहको आयोजनामा बुधवार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। विजयादशमी, दिपावली, छठ तथा नेपाल संम्वतको अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा सरसफाई कार्यक्रममा समूहमा आवद्ध नारीहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमका अध्यक्ष तथा समूहकी अध्यक्ष भगवती कोइराला (लला) ले नेपालीहरुको ठूला चाडपर्वहरुले समस्त नेपालीहरुमा सुख, शान्ति तथा समृद्धि ल्याउन सकुन् भन्दै चाडपर्वलाई विकृति रहित रुपमा मनाउनुपर्ने उनको जोड रहेको छ । कार्यक्रमको संचालन समूहकी सचिव अम्विका कोईरालाले गरेकी थिईन्। समूहले पोखराको पालिखेचोकदेखि पश्चिम गैहपाटन नविन स्ुकल सम्मको क्षेत्रमा सरसफाई समेत गरेको छ । चाडपर्वको मुखमा आफ्नो घर, आँगन तथा टोल सफासघ्घर राख्ने उद्देश्यले सरसफाई गरिएको सरसफाई कार्यक्रम संयोजक तथा  समूहकी कोषाध्यक्ष रञ्जिता बास्तोलाले जानकारी दिईन । सोही अवसरमा संस्थाले विगत ७ वर्षदेखि दुवै मृगौला खराव भई उपचाररत गोर्खा निवासी वर्ष १७ का सुदीप नेपालीलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।


Post a Comment

 
Top