0
गोल्डेन न्यूज संवाददाता
नेपाल यातायात मजदुर संघ कास्कीले दुर्घटना न्युनिकरण गर्न सचेतना कार्यक्रमको आयोजना गरिएको जनाएका छन् । बुधबार पोखरामा आयोजित दुर्घटना न्युनिकरण सचेताना कार्यक्रममा ट्याक्सी र वस चालकलाई सचेत चालक कसरी वन्ने लगायतको विषयमा जानकारी दिईएको थियो । दुर्घटना न्युनिकरण सम्वन्धी पर्चा समेत विभिन्न स्थानमा वितरण गरिएको कार्यक्रममा मजदुर संघका अध्यक्ष जितबहादुर गुरुङले आई.एल.ओ. अभिसन्धी १५३ छिटो भन्दा छिटो पारितगरी सडक अतिक्रमण बन्द गरिनुपर्नेमा जोड दिएका थिए । गुरुङले आम उपभोक्तापनि सचेत हुनुपर्ने भन्दै दुर्घटना न्युनिकरणगरी ट्राफिक नियमको पालनामा जोड दिन यातायात क्षेत्रका सवैसंग आग्रह गरे । नयाँ गाउँ ट्याक्सी इकाई, दमौली पोखरा ट्याक्सी इकाई, चरक हस्पिटल ट्याक्सी इकाई, पृथ्वीचोक इकाई, नगर वस इकाई, लामोदुरी वस इकाई लगायतको व्यवसायीहरुको सहभागिता रहेको थियो । विभिन्न स्थानमा कोण सभाको आयोजना गर्दै पर्चा र नीति तथा योजनाको वारेमा जानकारी दिईएको थियो । ¥याली पछि आयोजित कोण सभामा ट्याक्सी व्यावसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले यातायात क्षेत्र राष्ट्रको मेरुदण्ड रहेको बताएका थिए । तिवारीले दुर्घटनामा चालकलाई मात्र दोष दिएर कोहीपनि उम्कन नहुनेमा जोड दिए । सभामा श्रमिकको सामाजिक सुरक्षा योजना लागू छिटो गरिनुपर्नेमा जोड दिईएको कार्यक्रम सञ्चालक संघका सहसचिव नारायणबहादुर कुँवरले जानकारी दिए। कार्यक्रममा संघका सल्लाहकार शिवराज थपलिया, कोषाध्यक्ष सुवबहादुर थापा लगायतले बोलेका थिए । नेपाल ट्रेड युनियन काँग्रेससंग आवद्ध रहको मजदुर संघले राष्ट्रिय समितिको योजना अनुसार नै कास्कीमा कार्यक्रम गर्दै आएको छ । संघको केन्द्रीय समितिले यातायात मजदुर माथिको हिंसा बन्द गर भन्दै विभिन्न कार्यक्रम देशभर सञ्चालन गर्दै आएको छ ।

Post a Comment

 
Top