0
गोल्डेन न्यूज संवाददाता
पोखराको मुनाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन उद्घाटन तथा आठौं साधारणसभा शनिबार सम्पन्न भएको छ । भवनको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सहकारीका सिदान्तलाई आत्मासात गर्दै सबल ब्यबस्थापन गर्नसकेमा सहकारी संस्थाहरुको भविष्य उज्वल रहेको बताए । शनिबार नै मुनाल सहकारीको आठांै साधारणसभा सम्पन्न भएको छ । सहकारी डिभिजन कार्यालय कास्कीका सहकारी प्रशिक्षक ईश्वरी ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष मेघनाथ काफ्लेले अध्यक्षको प्रतिबेदन, सचिव खेमनारायण खनालले सचिवको प्रतिबेदन  र कोषाध्यक्ष मगनलाल श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन लेखा समितिका सुशन पौडेलले लेखा समितिको प्रतिवेदन पेस गरेका थिए ।
पेश भएका प्रतिबेदन उपर छलफल गरी पारित गरिएको संस्थाका अध्यक्ष मेघनाथ काफ्लेले बताए । उनका अनुसार संस्थाको हालको शेयर पुँजी ५ करोड ७४ लाख ११ हजार ८ सय रूपैयाँ, निक्षेप ८ करोड ३७ लाख, कर्जा लगानी १० करोड ६४ लाख ३३ हजार ८ सय रहेको छ । सभामा सहकारी डिभिजन कार्यालय कास्कीका सहकारी प्रशिक्षक ईश्वरी ढकाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल प्रमुख शिव खकुरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी र कास्की वचत तथा ऋण संघका अध्यक्ष भीम गुरूङ, मुनाल वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद हुमागाईं, निवर्तमान अध्यक्ष विनोद ढुंगाना लगायतले सहकारीताका बिषयमा बोलेका थिए ।  कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने संस्थाका सल्लाहकार रामजीप्रसाद बाँस्तोला र अमरबहादुर वि.क. लाई सम्मान गरिएको थियो भने कर्मचारीहरू हरिप्रसाद बराल र अर्जुन गुरूङलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो ।

Post a Comment

 
Top