0
गोल्डेन न्यूज संवाददाता
टोल सुधार समिति रामबजार १०÷१५ अन्तरगत रहेको रामबजारको पहिलो मन्दिर राममन्दिरलाई रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ्ग र युकेका सदस्य रिता गुरुङ्गलाई संयुक्त स्वागत तथा सम्मान गर्दै चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि रामबजार सोसाइटी युकेका सल्लाहकार समाजसेवी, विकासमैत्री महेश गुरुङ्गले राममन्दिरको घण्टी बजाई कार्यक्रमको उद्घाटन गर्दै राममन्दिर माछापुच्छे« महिला समूहले २०७३ सालमा आयोजना गरेको तीजगीत प्रतियोगितालाई युकेबाट उठेको रकम ५५ हजार ५ सय हस्तान्तरण गरे । रामबजार सोसाइटी युकेका सदस्य समस्त पोखरा रामबजारको  सामाजिक क्रियाकलापमा सधैं सक्रिय भई सहयोग गर्ने उनले बताए । रामबजार क्षेत्रमा हुने हरेक कार्यक्रमको एउटा छुट्टै पहिचान हुनुपर्ने र हाल पोखरामा हुने मेला महोत्सवले आफ्नै संस्थाको मात्र हकहितमा अगाडि बढिरहेको चर्चा गर्दै युनाइटेड क्लवले गरेको महोत्सवले पोखराको पहिचानका साथ सामाजिक कार्यमा लागि टोल टोल उज्यालो कार्यक्रम ल्याई युनाइटेडले राम्रो काम गरेको उनले बताए । रामबजारका संघ–संस्थाहरुले समेत त्यसको पहिचान गरी कार्य गर्न सुझाव दिंँदै हरदम सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा रामबजारमा २०७३ सालमा संचालित तीजगीत प्रतियोगितामा महेश गुरुङ्ग ५ हजार, विवि पुन ५ हजार ५ सय, सनमन गुरुङ्ग ५ हजार, प्रेम वि.क. ७ हजार, राम गुरुङ्ग ५ हजार, जुमकाजी गुरुङ्ग ५ हजार, भिमसेन कुमार श्रेष्ठ ५ हजार र चन्द्र गुरुङ्गले ५ हजार सहयोग गरेको कार्यक्रममा राममन्दिर माछापुच्छे« महिला समूह, राममन्दिर संचालक समिति, रामबजार युथ क्लव, टोल सुधार समिति रामबजार तायाःमचा नाच समिति, श्रीकृष्ण मन्दिर संचालक समितिका पदाधिकारी सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रममा रामबजार सोसाइटी युकेका सदस्य रिता गुरुङ्ग, युकेका सल्लाहकार महेश गुरुङ्गलाई खादा, फूलमाला लगाई सम्मान गरिएको थियो । कार्यक्रममा टोल सुधार समिति रामबजार १०÷१५ का अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, रामबजार युथ क्लवका अध्यक्ष कुमरा थिङ्ग लामा, रिता गुरुङ्ग लगायतले रामबजारको हरेक कार्यक्रममा रामबजारबासी सहभागी हुनुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा राममन्दिर माछापुच्छे« महिला समूहको सहयोगमा सोलार बत्तिका लागि सहयोग गर्ने बताइएको कार्यक्रममा युथ क्लवले समेत २०७४ को महोत्सवबाट बचेको रकमको केही अंश सोलारमा लगानी गर्ने र सडक बालश्रमलाई समेत सहयोग गर्ने बताएका थिए। कार्यक्रममा स्वागत मन्तव्य राममन्दिर माछापुच्छे« महिला समूहका उपाध्यक्ष जीवन श्रेष्ठले, समूहका अध्यक्ष माया भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन श्रीकृष्ण मन्दिर संचालक समितिका अध्यक्ष ज्ञानबहादुर थापाले गरेका थिए ।








Post a Comment

 
Top