0
(आफ्नो ज्यानको बाजी राखी बाह्य शक्तिको इशारामा नाचेर, देशको नभई उनीहरुको हित र भलो हुने कार्य गर्ने शर्तमा प्रधानमन्त्री बन्न पुगेका प्रचण्ड बाबु देश विखण्डन गर्नेतर्फ अग्रसर भई काम गरिरहेका र भ्रष्टचारको अभियोग लागेका कार्कीलाई कार्बाही नगर्ने अनि माओवादीको श्रम शिविरमा भएको घोटालामा पनि कार्बाही नहुने शर्तमा यसरी कुरा मिल्यो ।)
के कुरा मिल्यो थाहा हुँदैछ, प्रचण्ड बाबुले गुरुको (मोदी) मन्त्र सुनेर, अनि तिनै प्रचण्डका गुरुले आफ्नै गुरु (वाराक ओवामा) बाट मन्त्र लिएर डर, धाक, धम्की, त्रास देखाई बल, शक्ति प्रयोग गरेर आर्थिक प्रलोभनमा समेत पारेर संविधान संशोधनका लागि चाहिने नपुग संख्या एमाले पार्टी फुट्याएर, चल, खेल गरी मधेशी मोर्चा र भारतको पक्षमा हित हुने गरी संविधान संशोधनमार्फत कार्यान्वयन गरी, गराई देशलाई विखण्डन तर्फ लान लागी परिरहेको व्यहोरा यथार्थ छर्लङ्ग देखिन्छ र सबैलाई अवगत नै छ । अन्यथा संसदको सुनुवाई समितिमा कार्वाहीका लागि पेश भइरहेको र छलफल हुन बाँकी लोकमान सिंहको मुद्धालाई वेवास्ता गरी अझै सर्वोच्चमा समेत मुद्धा जायर भै फाइल झिकाउँदा फाइल नै गायब गराई भूकम्पको कारणबाट सारिने क्रममा यता, उता, कता प¥यो भनि बहाना पारी फाईल उपलब्ध नगराएको र पटक–पटक ताकेता गरिरहँदा अपुरो कागजात भएको फाइल उपलब्ध गराएको र सक्कली फाइल त सरोकारवाला हरुको मिलोमतोमा लुकाई प्राप्त हुन नसकेपछि, सर्वोच्चबाट सामान्य प्रशासन मन्त्रालयलाई पुनः ताकेता गरी तत्कालीन समयमा उनले स्पष्टीकरणसहित पेश गरेको फाइल अविलम्व पठाउनु, अन्यथा कार्वाही गरिने जानकारी गराई सकेपछि कार्कीलाई भ्रष्टाचार गरेको अभियोगमा सफाई दिने सम्झौता गरी सोही नियत राखी यही शर्तमा माओवादी शिविरमा भएको घोटालाको कार्वाही छानविन नगरिने सहमति । यसरी संसद चलिरहेको अवस्थामा संसद जस्तो गरिमामय र देशको उच्च निकाय जस्तो स्थानमा मिति २०७३÷०६÷०९ गते बेलुका ७ बजेको एभिन्यूज खवरमा कुनै कार्यक्रमको समारोहमा यसरी वर्वराई–वर्वराई बोल्नुको तात्पर्य के हो ? “हाम्रो कुरा मिल्यो” भन्न समेत पछि नपर्ने दुईजिब्रे व्यक्तिको के कुरा गरौ र, देश भित्र एउटा कुरा, विदेश तिर अर्कै कुरा “हात्तिको देखाउने र खाने दात” फरक–फरक हुन्छ जस्तो गर्नु के उनको नैतिकता र राजनीतिक चरित्र यही नै हो त ? 
संसदको मर्यादालाई ख्याल नै नगरी, अनि सम्मानित सर्वोच्च अदालतको मर्यादालाई लात हानेर किन, कहाँ, कतातिर भौतारिदै छन्, कुरा त देशवासीहरुको पक्ष र हितमा हुनु पर्यो, भूकम्पपीडित, वाढीपीडित, सुकुम्वासी र सर्वसाधारण नेपाली जनताहरुको हितमा हुन, गर्न प¥यो । नकि विदेशी वा परदेशी तत्वसँग मिली मधेसी मोर्चाको वहानामा भारतले जे–जे भन्छ, त्यसरी नै उसकै पक्षमा संविधान कार्यान्वयन र संशोधन गरी, गराई, कतै विदेशी शक्ति व्यक्तिहरु यहाँको उच्च, उच्च पदमा पदासिन गराउने षड्यन्त्र रचि उनीहरुकै शासनमा देश चल्ने, चलाउने अनि हामी स्वाभिमानी नेपालीहरुलाई विदेशीको ईशारामा नचाई दास बनाउने दुष्प्रयास त गरीरहेको होईन, यदी त्यसो हो भने यो दिवा सपना नदेखे र कल्पना सम्म पनि नगरे हुन्छ । यस्तो भयो भने उनीको पनि खैरियत छैन । उनलाई अहिले यो प्रधानमन्त्रीको पद घांडो भैरहेको छ “खाउ भने कान्छा बुवाको अनुहार नखाउ भने जीवन भरको शिकार” कारण देशको हितलाई ख्याल राखेर काम गरुँ कि छिमेकीको । 
यसरी २०७४ माघसम्म वाँडीचुडी भागबण्डा गरेर खाने क्रममा दुवै जनाहरुलाई रातको निन्द्रा न दिनको भोक भएको छ । स्वयं आफूले आफ्नो शरीर जोखिममा पारिरहेका छन् र बन्चरोले आफ्नै खुट्टामा हिर्काई रहेका छन् । हाम्रो देशका सुरक्षा निकायहरु सेना समेतका बन्दुकमा प्लाष्टिकको गोली छन् कि साच्चैका, यदि साच्चैका भए देश हित विपरीत काम गर्ने जोसुकैलाई पनि सद्वाम हुसेनलाई झै कार्वाही गरेमा के नै फरक पर्ला र ? मातृभूमि आमाको अस्तित्व र देशको सार्वभौम सत्ता वचाई राख्न यो भन्दा अर्को विकल्प नै छैन । विदेशी शक्तिबाट परिचालित भै खड्क ओलीलाई हटाई भारतको ईशारामा प्रधानमन्त्री बनाईएका प्रचण्डलाई हाम्रो हित अनुरुपको कार्य गरेनौ भने तिम्रो पनि खैरियत छैन भनि धम्की आएको कुरा त मिति २०७३÷०६÷१० अन्नपूर्ण पोष्टमा फिजीकि सिक्किम भनि युवराज गौतमजीको प्रकाशित लेख र ने.म.कि.पा. का नेता नारायणमान विजुक्छेको भनाईबाट स्पष्ट झल्किरहेको छ । 
कुरा यो पनि स्पष्ट भयो कि उसको ईशारामा नचल्दा मदन भण्डारीको हत्या भएको रहेछ । त्यस्तै स्वाभिमानी स्व. राजा महेन्द्रलाई पटक–पटक धम्की दिई ईशारामा नचल्दा मार्ने दुष्प्रयास गरिएको र यही कारणबाट हृदयघात भै उनको मृत्यु भएको पाईयो । अनि देशप्रेमी, जनता प्रेमी र मातृभूमिप्रति सदा सर्वदा माया, ममता गर्ने स्व.राजा विरेन्द्रको त वंश नाश नै गराईयो, यस्ता–यस्ता जघन्य अपराधहरुको चक्रव्यूह रच्नेलाई के को संज्ञा दिउँ र छिमेकी भन्न पनि लाज लाग्ने । 
प्रसंग थोरै बदलौं, डा. गोविन्द के.सी.का माग नाजायज थिए भने किन पूरा गर्छौ भनेर पटक–पटक आश्वासन मात्र दिने ? पूरा नगर्ने, यदि जायज थिए भने त तोकिएकै समयमा पूरा गर्नु प¥यो नि । २०६२÷०६३ को आन्दोलनमा सो आन्दोलन दवाउन महत्वपूर्ण भूमिका खेल्ने लोकमानसिंह कार्की, लोकतन्त्र आईसकेपछि साना–साना भ्रष्टाचारहरु अरुहरुलाई गर्न दिने र ठूला–ठूला भ्रष्टाचार, आफै गर्ने, कार्वाही साना माथि, ठूलालाई छुट यस्ता व्यक्ति अख्तियार प्रमुख हुने, कसले के स्वार्थले अख्तियार प्रमुखमा नियुक्ति गर्यो ? दुःखलाग्दो विषय यही छ । यस्ताहरुलाई त कानूनको दायरामा ल्याई हदसम्मको कार्वाही हुन प¥यो । हुन त यो राम राज्यको मुलुक यहाँ के नै ऐन कानून, नियम, संविधान नै छ र कसले कसलाई कार्वाही गर्ने ? प्रकृतिक नियमको सिद्धान्त अनुसार कार्वाही गर्न अत्यावश्यक छ । पढ्दा, सुन्दा पनि लाज, धिन लाग्ने टिकापुर हत्या प्रकरणका मुख्य नाईके रेशम चौधरी मस्ट वान्टेड व्यक्तिको सूचीमा छन् । भारत भ्रमणको शिलशिलामा नयाँ दिल्ली स्थित होटल ताज प्यालेसमा स्वयं प्रचण्ड वावु उनीसँग सटया सुटु वार्ता  गर्दै थिए । तत्कालीन समयको सुरक्षा निकायको प्रतिवेदनमा हदैसम्मको कार्वाही गरिन पर्ने राय व्यक्त भएको छ, । तर उसको संरक्षण भारतबाट नै भैरहेको छ, पालन–पोषण पनि । पुलिस, प्रशासन अभियुक्तको खोजीमा छन् तर प्रधानमन्त्री कसुरदार व्यक्तिलाई नै भेट गरी खुराक दिन्छन् । भारतीय व्यवसायीहरुले आयोजना गरेको कार्यक्रममा उच्च सुरक्षा घेरा तोड्दै पार गरी प्रचण्डसँग हात मिलाउने र कुराकानी गर्ने कस्ता अभियुक्त रहेछन् त यी रमेश चौधरी । यी विरुद्ध लागेका सम्पूर्ण मुद्धाहरु फिर्ता लिई दिन पनि दिल्लीमा छलफल भएको थियो र नेपाल सरकार पनि सकारात्मक सोच, विचारमा छ, । यसरी अभियुक्त भेट भैसकेपछि पुलिस प्रशासनको सहयोगमा पक्राउ गरी कार्वाही अगाडि बढाउनु पर्ने ठाउँमा स्वयं प्रधानमन्त्रीसँग नै भेटघाट गरी हात मिलाई स्वागत गरिने व्यक्ति माथि के को कार्वाही ? “जसको बाबु मरयो उसकै छोरा टुहुरो” लौ अब हजुरहरु ईमान्दारी पूर्वक छातीमा हात राखेर भन्नुस यहाँ के को नियम कानून र संविधान छ ? बलियोको कुन्नी के हतियार भने जस्तो मात्रै हो । अब जाँदा–जाँदै नजिकिँदै गरेको दिपावली र छट पर्व, इद–२०७३ को शुभ मुहूर्तमा सम्पूर्ण देश, विदेश स्थित नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा मंगलमय शुभकामना टक्र्याउँदै बुद्धि फिर्न बाँकी रहेकाहरुको पनि श्री लक्ष्मी माताको आर्थिवादले सतबुद्धि र चेतना आवोस भन्ने कामना व्यक्त गर्दछु ।


Post a Comment

 
Top