0
चारलाख रुपैयाँ नगद पुरस्कार भएको राष्ट्रव्यापी नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्प–२०१६’को अडिसन जारी छ । बुटवल, पाल्पा, नवलपरासी लगायत जिल्ला अडिसन सकिएको च्याम्पियनसिप को पोखरामा पनि बृहत अडिसन हुने भएको छ । प्रतियोगिताको आयोजक बुटवलको बागेश्वरी संगीतालय हो । संगीतालयले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि पोखरा अडिसन कात्तिक २० गते गर्ने जानकारी गराएको छ । संगीतालयमा क्रियटिभ डाइरेक्टर यम पुनले स्थानीयस्तरमा रहेका नृत्य प्रतिभालाई उनीहरुको कला क्षमता प्रष्फुटन गराई राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा स्थापित हुने अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा १४ वर्षसम्मका बालबालिकाले जुनियर र १५ देखि ३५ वर्ष उमेर समूहका युवा–युवतीले सिनियर समूहमा प्रतिस्पर्धा गर्न सक्नेछन् । कात्तिक २० गते पोखरा अडिसनका लागि रामघाटको टप्स् हाइएर सेकेन्डरी स्कुलमा प्रतिस्पर्धिहरु जम्मा हुनुपर्नेछ । जुनियर र सिनियर दुवै विधाका विजेताले दुई–दुई लाख रुपैयाँका दरले पुरस्कार र मुम्बइमा ३ महिना निःशुल्क डान्स कोर्ष सिक्ने मौका पाउने डाइरेक्टर पुनले बताए । उक्त डान्स कोर्षका लागि आयोजकले मुम्बइमा भारु डेढ लाख रुपैंया तिर्नुपर्नेछ । यो जोड्दा एक बिजेताले झन्डै नेपाली चार लाख रुपैंयाको पुरस्कार पाउनेछ । प्रतियोगितामा सहभागी हुन जुनियरलाई एकहजार र सिनियरलाई पन्ध्रसय रुपैयां शुल्क तोकिएको छ । प्रतिभा भएपनि आर्थिक अवस्था कमजोर भएकाहरु भोटिङका कारण प्रतिस्पर्धामा पछाडि पर्नसक्ने भएकाले ‘नो भोट नो एसएमएस’ को प्रावधान गरिएको छ । सबै ठाउंको अडिसनबाट छनोट भएकाबीचबाट शुरुमा सयजना छनोट गरिनेछ ।


Post a Comment

 
Top