0
गोल्डेन न्यूज संवाददाता
नेपालीहरुको महान् चाड वडादशैंको अवसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ। नवरात्रीको नौ दिनसम्म चल्ने महोत्सवको महोत्सब सुरुवातको अवसरमा घटस्थापना को दिन शोभायात्रा निकालिएको छ । विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल हँुदै पुनः मन्दिरमा पुगेर महोत्सवमा परिणत भएको हो । शोभायात्रामा नबदुर्गाको ९ रुपको झाँकी, एक सय आठ कलश, विध्यावासिनी मन्दिरको झाँकी, विभिन्न भजन समूह, जातीय भेषभूषा, साँस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सव अन्तर्गत असोज १५ गते घटस्थापनाको दिनदेखि महानवमीको दिनसम्म दैनिक भागवत कथा वाचन हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।  महोत्सवका लागि समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विगत १० बर्षदेखि प्रत्येक बर्ष नवदुर्गा महोत्सव गर्दै आएको छ । महोत्सव अवधिभर करिब डेढ लाख दर्शनार्थी भित्रिने अपेक्षा गरिएको छ । ३ सय बर्षको ईतिहास बोकेको विन्ध्यवासिनी मन्दिरमा कास्कीसंगै यस आसपासका जिल्लाहरु तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत लगायत काठमाडौं तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । नवरात्रीभर बिहान साढे ४ बजेदेखि साझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुल्ला राखिने छ । दर्शनार्थीको चापलाई ध्यान दिंदै मन्दिर परिसरमा विशेष सुरक्षा प्रबन्ध गरिने र महिला र पुरुषको लागि छुट्टा–छुट्टै लाइनमा दर्शनको ब्यबस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।





Post a Comment

 
Top