0
आवास नगर टोल विकास संस्था लेखनाथ–२ को तेश्रो साधारण तथा अधिवेशनले आगामी तीन वर्षिय कार्यकालका लागि पार्वती गुरुङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा चक्रवहादुर शाही, सचिवमा चन्द्रकान्त पौडेल, सह सचिवमा अमृता वाँस्तोला र कोषाध्यक्षमा सूर्यनाथ पौडेल रहेका छन् भने समितिको सदस्यमा पुतली देवी रानाभाट, खिमवहादुर अधिकारी, देवी कुमारी तामाङ् र  राधा तामाङ् रहेका छन् । यसैगरी सोही भेलाले नेत्रपाणि बाँस्तोला, डम्बर प्रसाद पौडेल, हिमादेवी रानाभाट, गगां पौडेल र क्या. एक वहादुर गुरुङ्लाई सल्लाहकारमा चयन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै टोल विकास सवन्वय समितिका अध्यक्ष छविलाल छामिछानेले विकासका लागि सहमति र सहकार्य अनिवार्य भएकाले आफनो टोलको विकासका लागि स्थानीयवासीहरु नै सक्रिय रुपमा अगाडि वढे विकास सम्भव हुने बताएका थिए । आवास नगर टोल विकास संस्थाका अध्यक्ष पार्वती गुरुङ्को अध्यक्षतामा भएको सो कार्यक्रमा लेखनाथ नगरपालिका वडा नं. २, ३ र ६ का वडा सचिव लिलामणि भण्डारी, डाँडाको नाक टोल विकास संस्थाका अध्यक्ष गणेशराज धमला, पण्डित थर टोल विकास संस्थाका अध्यक्ष हेमचन्द्र बराल, सृजनशिल टोल विकास संस्थाका अध्यक्ष विश्व प्रकाश बराल, वरिष्ठ उद्घोषक नेत्रपाणि बाँस्तोला, सल्लाहकार डम्वर प्रसाद पौडेल, संस्थाका कोषाध्यक्ष चक्रवहादुर शाही र सम्मानित व्यक्तित्व शुक्रराज तिमल्सेनाले टोल विकास संस्थाको उद्ेश्य र उपयोगिताका वारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन सचिव चन्द्रकान्त पौडेलले गरेका थिए ।

Post a Comment

 
Top