0
गोल्डेन न्यूज संवाददाता
काठमाडौंबाट पोखरा आउँदै गरेको रात्रिबसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ । पोखरा–१३, कोलपाटन चोककी ५५ बर्षीया देउता कुमारी गुरुङको २५ तोला बराबरको सुनका गहना मध्यराति साँढे १२ बजे मुग्लिनबाट वस रोकेको अबस्थामा चोरी भएको हो । उनका श्रीमान् बुद्धि बहादुर गुरुङका अनुसार झोलामा सिरानी गरेर राखेको उक्त सुन चोरी भएको हो । ना ४ ख ३६९३ नम्वरको रात्रि वसमा श्रीमान–श्रीमती सहित पोखरा आउँदै गर्दा मुग्लिनमा वस आराम गर्न रोकेको अवस्थामा नाटकीय ढंगबाट चोरी भएको गुरुङले बताए । उनका अनुसार बसमा चालक र सह–चालक बाहेक ३ जना मात्र यात्रु रहेका थिए । मुग्लिङमा करिब राति १२ः२० मा बस रोकेपछि चालक र सह–चालक चिया खान झरेको र उनीहरु झरेको करिब १० मिनेट पछि दुई जना व्यक्तिहरु गाडीमा आएर यो गाडी कहाँ जाने हो भन्दै भित्र पसेका थिए । एक छिन बसेर बाहिर निस्केका थिए । फेरि एक छिन पछि पुनः अर्को एक अग्लो कदको रातो कमिज र चप्पल लगाएको व्यक्ति वस भित्र छिरेर यो गाडी कहाँसम्म जाने हो भन्दै भित्र एक छिन बसेर निस्किएका थिए । एक छिन पछि आउनु पर्ला भन्दै झरेका ब्यक्ति नआएपछि करिब १० मिनेटमा देउता कुमारीले सिरानीमा राखेको झोला हराएको थाहा पाएका थिए । गाडी रोकेको अवस्थामा पहिला दुई जना चढेर झरे पछि बुद्धिबहादुरले गाडीको ढोका लगाएर भित्र वसेको अवस्थामा एक छिन पछि अर्को व्यक्ति गाडीमा आफै ढोका खोलेर छिरेको बताए । गाडी खाली–खाली भएको हुनाले आफूहरु छुट्टा–छुट्टै सिटमा सुत्ने ढंगले दुई÷दुई सिट रिर्जव गरी आएको अवस्थामा बी साईडको ३ र ४ सिटमा देउता कुमारी बसेकी थिईन भने उनका श्रीमान अर्को सिटमा बसेका थिए । सह–चालक बिष्णु पौडेललाई मुग्लिन प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने उक्त बस पोखरा आएको छ । राया ८ तोला, पैसा वाला औंठी १ तोला, वेरुवा औंठी १ तोला, कानमा लगाउने चारलिङ टप ३ तोला, ज्वली १ तोला, नौ गेडी तीन तोला, तिलौरी १ तोला, सिक्री ४ तोला, वच्चाले लगाउने रिङ आधा तोला गरी साँढे २५ तोला सुनका गरगहन चोरी भएको उनकी छोरी शिला गुरुङले बताइन् । वेलायतबाट आएका आमा बाबु काठमाडौंबाट पोखरा रात्रि  बसमा आउँदा चोरी भएको घटनाले गर्दा केहि बेर आमा अचेत अवस्थामा पुगेको उनले बताईन । साथै आमाको झोलामा रहेको १२ हजार नगदसहित ३ वटा लेडिज घडी र एउटा जेन्स घडी समेत चोरी भएको उनले बताईन । यस बिषयमा प्रहरीलाई सोध्दा ७५ जिल्लाबाट आउने ठाँउमा चोरी भएको भन्दै अनुसन्धान भई रहेको एक प्रहरी अधिकारीले बताए । पृग्वीराजमार्ग बस संचालक समितिद्वारा संचालित बसबाट सुन चोरी भएको घटनालाई आफूहरुले समेत बढी निगरानी गर्ने समितिका महासचिव योगेन्द्र केसीले बताए । यता, दाङमा खुर्रानीको धुलो आखाँमा छरेर बुधबार विहान १६ लाख रुपैया लुटेका छन् । तीन जनाको समुहमा आएका व्यक्तिले भारतीय १० लाख रुपियाँ नेपाली १६ लाख रुपैयाँ लुटेको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा ८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अुनसन्धान सुरु गरेको छ । १६ लाख रुपैयाँ लिएर कृष्णनगर जानका लागि तुलसीपुरको बसपार्कमा बस चढ्न पुगेका तुलसीपुर १४ चैलाही निबासी दुर्गा लामिछानेको पैसाहितको झोला लुटेको थियो । बैंकमार्फत भारतीय रुपैयाँ पठाउन नमिल्ने भए पछि बुटवल बस्त्रालयका प्रोपाइटर राजकुमार श्रेष्ठले लामिछानेलाई पैसा छोड्न पठाउन लागेका थिए ।

Post a Comment

 
Top