0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला बास्केटबल संघले नेपालमा नै पहिलो पटक आयोजना गरेको ४० वर्ष भन्दा माथिको पोखरा भेट्रान्स खुल्ला पुरुष बास्केटवल प्रतियोगिता विहिवार बाट पोखरा रंगशालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्की जिल्ला बास्केटबल संघले विजयी सुरुवात गरेको छ । कास्कीले स्याङ्गजा बास्केटबल संघलाई ३८–३६ को स्कोरले पराजित गरेको छ । त्यसै गरि अन्य खेलमा काठमाडौले पर्वतलाई छ ५४–२७, पुन समाजले पश्चिमाञ्चल भुपु शैनिक संघलाई ६९–३८ र कित्र्तिप्रले तनहुँलाई ४०–२१ ले पराजित गरेका छन । यस अघि प्रतियोगिताको  उद्घाटन गर्दै नेपाल आलेम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आगामी दिनमा आयोजना हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु मोफसलमा समेत हुनु पर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले देशलाई एक शुत्रमा वाँध्ने खेलकुद नै भएको भन्दै यसको सान्र्दभिकता नेपालमा अझै महत्वपूर्ण रहने बताए । उनले नेपाल आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुद सफल बनाउन भौतिक पुर्वाधार विकास यथा शीघ्र सुरु गर्नु पर्ने भन्दै पर्याप्त पूर्वाधार विकासले नै खेलाडीले आफ्नो विकास गर्न सक्ने संगै पदकको सम्भावना समेत रहने वताए । उनले अवको खेलकुद विकासलाई मुलुकको पर्यटन विकासमा समेत जोड्नुपर्नेमा जोड दिंदै खेलकुदले दिने सन्देशले महत्व राख्ने बताए । उनले भेट्रान बीचको प्रतियोगिताले नयाँ पुस्ताले सिक्ने अवसर प्राप्त गर्न र भाइचाराको सम्वन्ध स्थापित र खेलको विकास गर्न सहयोग पुग्ने स्पष्ट पारे । कास्की जिल्ला बास्केटबल सघका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, प्रतियोगिताका मुख्य संयोजक नारायण शर्मा, संघका सचिव ध्वज कुमार गुरुङ्ग लगायतले पोखराको खेदकुद विकास र प्रतियोगिताको आयोजनाको सन्दर्भका बारेमा बोलेका थिए । आयोजक कास्की जिल्ला बास्केटबल संघ सहित काठमाडांै, ललितपुर, तनहुँ, पर्वत जिल्ला बास्केटबल संघ हरुको एक–एक टिम र पश्चिमाञ्चल भुपु शैनिक खेलकुद संघ र पुन समाज कास्कीको प्रतियोगितामा सहभागिता रहनेछ ।  लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगिताको विजेता टिमले नगद ४० हजार ४ सय ४४ र उपविजेताले नगद २५ हजार ५ सय २५ प्राप्त गर्ने छन । प्रतियोगितामा अनुशासित टिम, हाइस्कोरर र वेष्ट प्लेयरलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । कात्र्तिक ६ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा आठ लाख खर्च लाग्ने भएको छ । प्रतियोगितालाई पाथिभरा ओभरसिज प्रालीले मुख्य प्रायोजन गरेको छ ।













Post a Comment

 
Top