0
गोल्डेन न्यूज संवाददाता
शान्तिघाट विकास समितिको १२औं साधारणसभा तथा चौथो अधिवेशनले पुनः भक्तराज श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा शिबबहादुर कार्की, प्रथम उपाध्यक्षमा भिमबहादुर पौडेल, द्वितीय उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, सचिवमा उत्तम जोशी, सह–सचिवमा जनकलाल श्रेष्ठ, कोषाध्यक्षमा विष्णुप्रसाद वराल, सहकोषाध्यक्षमा दुर्गा अधिकारी सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यहरुमा दुर्गाप्रसाद कोईराला, हरिप्रसाद फुयाँल, शालिकराम पोखरेल, विष्णुबहादुर भट्टराई, विजयालक्ष्मी आचार्य, पवित्रा गिरी, निरु रानाभाट, शरण लिगल, गणेशबहादुर केसी चयन भएका छन्। त्यसै गरि सल्लाहकारमा विश्वप्रकाश लामिछाने, पिताम्बर नेपाली, रामप्रसाद वतास, गणेश बहादुर गुरुङ, डा. दिलबहादुर क्षेत्री, हेरम्बप्रसाद कोईराला, पदमबहादुर थापा, कृष्णबहादुर कुँवर, शारदा सुवेदी, मंगल माकाजु, प्रविधिक सल्लाहकारमा युवराज श्रेष्ठ र आर्थिक सल्लाहाकारमा ईश्वरीप्रसाद सुवेदी चयन भएका छन् । कार्यक्रमको प्रमुख अतिथि समाजसेवी रामप्रसाद बतासले उद्घाटन गर्दै शान्तिघाट क्षेत्रको समग्र विकासका लागि निरन्तर सहयोग गर्ने  बताएका थिए । उनले तत्काल निर्माणाधिन बहुउद्देश्यीय शान्ति आश्रमको लागि पाँच लाख सहयोग गर्ने बताए ।  सो अबसरमा उपत्यका नगर बिकास समितिका पूर्व अध्यक्ष विश्वप्रकास लामिछाने, कानूनी सल्लाहकार युवराज श्रेष्ठ, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख डा. दिलबहादुर क्षेत्री, महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङ लगायतले बोलेका थिए । समितिका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नारायण सुबेदीले स्वागत बरिष्ठ उपाध्यक्ष शिबबहादुर कार्कीले गरेका थिए ।

Post a Comment

 
Top