0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले पोखरा वडा कमिटी उपमहानगरपालिका वडा नं. १२ को १०औं अधिवेशन हालै सम्पन्न भयो । अधिवेशनले गुप्तबहादुर कार्कीलाई पुनः कमिटीको अध्यक्षमा चयन गरेको छ । कमिटीको उपाध्यक्षमा यसअघि सह–सचिव भएर काम गरेका सीम गुरुङ र सचिवमा पुनः ईन्दिरा पन्त  चयन भएका छन् । कमिटीको सदस्यहरुमा दण्डपाणि पौडेल, सीता शर्मा, सीता कंडेल, पुण्य प्रसाद लामिछाने, बलराम ढुंगाना, गंगादेवी आचार्य, शशी पण्डित, सुशिला खनाल, शिवलाल रिमाल, शान्ताकुमार श्रेष्ठ, शिवराज पौडेल र भगत बयलकोटी चयन भएको कमिटीकी नयाँ सचिव पन्तले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । सचिव पन्तका अनुसार कमिटीमा १ जना सदस्य कार्यसमितिको बैठकले मनोनित गर्नेछ । यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले कसैको प्रलोभन र दवावमा नपरि पार्टी र संगठनको हितमा काम गर्न आग्रह गरे । उनले पार्टीको नीति र निर्देशन पालना गरि पोखरा कमिटीलाई सशक्त कमिटी बनाउन आग्रह गर्दै मुलुकको अबको पहिलो शक्ति एमाले नै हुने दावी गरे । अध्यक्ष थापाले पार्टीभित्र भावनात्मक एकता बलियो बनाउन सकेमा पार्टीका लागि आइपर्ने सबै चुनौतीहरु सजिलै सामना गर्न सकिने स्पष्ट पारे । नेकपा एमाले प्रदेश नं. ४ का सदस्य श्रीनाथ बरालले एमालेप्रति जनताको पूर्ण आशा र भरोसा रहेकाले जनताको भावना कुण्ठित हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गरे । उनले पार्टी बलियो हुनका लागि संगठनहरु बलियो हुनुपर्नेमा जोड दिंदै जनताको सेवाका कामहरुलाई सशक्त ढङ्गले अघि बढाउन समेत कमिटीलाई निर्देशन दिए । कमिटीका अध्यक्ष गुप्तबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीकी उपसचिव प्रभाव कोइराला, एमाले जिल्ला सदस्यहरु शिवबहादुर बराल, शोभामोहन पौडेल, एमाले जिल्ला निर्वाचन किमटीका सदस्य ऋषिराम लामिछाने, एमाले नगर इलाका कमिटीका अध्यक्ष वीरबहादुर थापा, एमाले क्षेत्र नं. २ का क्षेत्रीय सदस्य जीवन आचार्य, पेशागत महासंघ गण्डकी अञ्चल अध्यक्ष ध्रुवसिंह खड्का, एमाले नगर कमिटी सदस्य महेन्द्र बहादुर गोदार लगायतले एमाले पार्टी र पार्टीले गर्नुपर्ने काम र कर्तव्यका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । कमिटीका सह–सचिव सीम गुरुङले स्वागत गरेको कार्यक्रमको संचालन एवं आर्थिक प्रतिवेदन प्रस्तुत सचिव इन्दिरा पन्तले गरेकी थिइन भने अध्यक्ष गुप्तबहादुर कार्कीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

Post a Comment

 
Top