0
पोखरा–१४ स्थित रामेश्वरी उच्च माविको व्यवस्थापन समितिको अध्यक्षमा क्षेत्र बहादुर कुँवर चयन भएका छन् ।  बुधवार बसेको बैठकले समितिका पूर्व अध्यक्ष समेत रहेका कुँवरलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको विद्यालयले जनाएको छ । साथै शिक्षक प्रतिनिधि राजन गिरी र सदस्य सचिव प्रधानाध्यापक तुलसीप्रसाद चापाँगाईसहित विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ । गत असोज ७ गते भएको अभिभावक एवम् शिक्षा प्रेमीहरुको भेलाले अभिभावकहरु पवित्रा चापागाइँ, इश्वरी रानाभाट, शिवप्रसाद सापकोटा र कृष्णप्रसाद अधिकारीलाई सदस्य पदमा छनौट गरेको थियो । सोमवार विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य शिवप्रसाद सापकोटाको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षा प्रेमी एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष क्षेत्र बहादुर कुँवर र शिक्षाप्रेमी सीता थापालाई मनोनयन गरेको थियो । निवृत्त शिक्षक समुदाय कास्कीको पूर्व अध्यक्ष समेत रहेका कुँवर शुक्रराज बलभद्र उच्च माविका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर कार्य गरिसकेका छन् ।





Post a Comment

 
Top