0
गोल्डेन न्यूज संवाददाता
महाअभियोग प्रस्ताव बारे छलफल गर्ने भनिएको बिहीबारको व्यवस्थापिका संसद्को बैठक ३ दिनका लागि स्थगित भएको छ । हिजो दर्ता गरिएको महाअभियोग प्रस्तावबारे दलहरुबीच छलफल र तयारी नपुगेको भन्दै बिहीबारको बैठक आगामी कार्तिक ७ गतेसम्मलाई स्थगित भएको हो । महाअभियोग दर्ता गराएको नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले प्रस्तावमाथि छलफल गर्न तयारी नपुगेको र यसका लागि नेपाली काँग्रेस र साना दलहरुसँग पनि छलफल गर्नुपर्ने भन्दै सभामुख ओनसरी घर्तीलाई पत्र बुझाउनुभयो । त्यसैको आधारमा आजको बैठक स्थगित भएको हो,’ सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले रातोपाटीलाई जानकारी दिए । सत्तारुढ दल नेपाली काँग्रेसले आफूहरुसँग सल्लाह नगरी प्रस्ताव दर्ता भएको बताइरहेको छ । यसबारे छलफल गर्न पार्टीले बिहीबारकेन्द्रीय समितिको बैठक डाकेको छ । बिहीबार १ बजेदेखि बस्ने भनिएको बैठक अब आइतबार बिहान ११ बजे बस्नेछ । नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम १६८ को उपनियम (१) बमोजिम महेन्द्रबहादुर शाही सहित १५७ सांसद्हरुले दर्ता गरेको महाअभियोग प्रस्ताव दर्ता भएको थियो । बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने र सभामुखले छलफलको मिति तय गर्ने कार्यसूची थियो । महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुखले जेनेभा जाने कार्यक्रम समेत रद्द गरेको शर्माले जानकारी दिए। अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन सभामुख घर्ती शुक्रबार जेनेभा भ्रमणमा जाने कार्यक्रम थियो । यता, बिहीबार मन्त्रिपरिषदको बैठक २ पटक स्थगित भएको छ । बिहान ११ बजेलाई डाकिएको बैठक ४ बजेका लागि सारिएकोमा ४ बजेपनि बस्न सकेन । नेकपा माओबादी केन्द्रको बिहान बसेको आन्तरिक बैठकका कारण बिहान ११ बजेको लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको हो । बैठक सारिएको २ घन्टापछि पुनः बिहीबारका लागि बैठक स्थगित भएको जनाइएको थियो । 
अब मन्त्रिपरिषद बैठक भोलि बस्ने तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । दिँउसो सरकारमा सहभागी दलहरुको आन्तरिक बैठक बस्नुपरेका कारण मन्त्रीपरिषद् बैठक बस्न नसकेको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाएर हटाउनेबारे छलफल गर्न राजनीतिक दलले बैठक डाकेका थियो ।






Post a Comment

 
Top