0
गोल्डेन न्यूज संवाददाता
तीजको अवसरमा सर्वेश्वर नारी समूहले भदौ १९ गते सातांै खुल्ला तीज गीत प्रतियोगीता गर्ने भएको छ । प्रतियोगीता पोखरा–४ गैहपाटनस्थित सर्वेश्वर मन्दिरको प्राङ्गण हुने छ। प्रतियोगितामा २५ टिमले सहभागिता जनाउने अनुमान गरिएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि संस्थाकी अध्यक्ष भगवती कोइराला(लला) को संयोजकत्वमा पाँच सदस्य मूल आयोजक समिति गठन गरिएको छ। समितिको सहसंयोजकमा सविता कोइराला, सदस्यमा पवित्रा अधिकारी, रुकु कोइराला र राधा कोइराला छन्। त्यस्तै, कोषाध्यक्ष रञ्जिता बास्तोलाको संयोजकत्वमा अर्थ संकलन र सचिव अम्बिका कोइरालाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ। ‘प्रतियोगिताको तयारी तीव्र पारिएको छ’ अध्यक्ष भगवती कोइरालाले भनिन्–‘प्रतियाेिगता सफल बनाउन सबैको सहयोग अपेक्षा गरेका छांै। प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता भइरहेको कोषाध्यक्ष रञ्जिता बाँस्तोलाले जानकारी दिईन्। उनका अनुसार प्रतियोगीतामा प्रथमहुनेलाई नगद १६ हजार पाँच सय, द्वितीयलाई ११ हजार पाँच सय, तृतीयलाई सात हजार पाँच सय, सान्त्वनालाई दुई हजार पाँच सय र उत्कृष्ट नृत्य, भेषभुषालाई एक हजार पाँच सय÷एक हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरिने छ। वि.स २०५२ सालमा स्थापना भएको सर्वेश्वर नारी समूहले सहयोग वितरण, बाटो तथा मन्दिर निर्माण, क्षमता अभिवृद्वि तालिम, खानेपानी ट्यांकी निर्माण लगायतका कार्यहरु गर्दै आएको छ।
समूहकै पहलमा गैह्रापाटन क्षेत्रमा सोलार बत्ति समेत जडान गर्ने तयारी भैरहेको छ।







Post a Comment

 
Top