0
अनेरास्ववियू जनप्रिय क्याम्पस कमिटिको पहिलो सचिवालय सदस्यको बैठक शुक्रबार बसेको छ । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय सदस्य भरतमान गुरुङले अब हुन लागेको स्ववियु निर्वाचनमा जनप्रियमा अनेरास्ववियूले सबै पद कब्जा गर्नुको विकल्प नभएको बताए । यसका लागि क्याम्पस कमिटिले विद्यार्थीको हकहितको पक्षमा काम गर्नुपर्ने र समस्त विद्यार्थीको मन जित्नुपर्ने बताए । विशेष अतिथि जिल्ला कमिटी कास्किका उपाध्यक्ष सुजन लामिछानेले अब जनप्रियमा रहेका विभिन्न वेथिति, शैक्षिक माफिया विरुद्ध आवाज उठाउन र विद्यार्थीका पक्षमा काम गर्न आग्रह गरे । विशेष अतिथि राष्ट्रिय परिषद् सदस्य क्षितिज पौडेल, त्रिवि जिल्ला कमिटी कास्कीका कोषाध्यक्ष पवनकाजी अधिकारी, जिल्ला सदस्य बिनोद भण्डारी, जनप्रिय इन्चार्ज अमृता गौतम, पूर्व अञ्चल कमिटी सदस्य एवं क्याम्पस अध्यक्ष दिनेश ढकाल, क्षेत्र नं. ३ संयोजक महेन्द्र पौडेल, युवा संघ वडा कमिटी ८ उपाध्यक्ष राजु क्षेत्रीको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता समेत गरेका क्याम्पस कमिटीका अध्यक्ष अनिल खड्काले अब अनेरास्ववियुले विद्यार्थीको हकहितका लागि काम गरेर उदाहरणीय बन्ने र विद्यार्थी माझ लोकप्रिय बन्दै जनप्रियमा एक छत्र राज गर्ने दाबी गरे । बैठकले यही आउँदो असोज ४ गते क्याम्पस कमिटीको मातहतमा रही उच्च मावि कमिटी पुनर्गठन गर्ने र असोज ८ गते बृहत प्रशिक्षण कार्यक्रम गर्ने तथा नजिकिँदै गरेको वडा दर्शै र तिहारको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रममा स्वागत कमिटीका उपाध्यक्ष सुनिलबाबु पोख्रेल र संचालन कमिटीका सचिव गोविन्द महतले गरेका थिए ।



Post a Comment

 
Top