0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ४, रामकृष्णटोलमा रहेको सिद्धार्थ टोल टोल विकास संस्थाले हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा भेटघाट कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शम्भु प्रसाद कोइरालाले नेपाली नारीहरुको महानपर्व तीज पछिल्लो क्रममा विकृति विसंगतिमा फस्दै गइरहेकोमा चिन्ता प्रकट गरे । संस्थाद्वारा स्थापित अक्षयकोषका दाता समेत रहेको कोइरालाले सिद्धार्थटोल टोल विकास संस्थाले हरेक वर्ष भेटघाट तथा दर खुवाउने कार्य गरेर तीज पर्वमा हुने विकृति विसंगति न्युनिकरणमा महत्वपूर्ण टेवा पु¥याउँदै आएकोमा खुशी प्रकट गरे ।
 
संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीले आफ्नो गीत प्रस्तुत गर्दै हिजोको तीज पर्व र आजको तीज पर्वमा आकाश जमिनको फरक रहेको बताइन । उनले आजको तीज पर्वमा मौलिकपन हराउँदै गएकोमा चिन्ता प्रकट गर्दै तीज पर्व चेलीहरुको वेदना पोख्ने पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिइन । उनले तीज पर्वलाई सबै नेपालीको साझा पर्वको रुपमा मनाउन पाएकोमा खुशी प्रकट गर्दै आगामी दिनमा पनि यहि रुपले मनाउनुपर्ने बताइन ।  कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष आशमाया खड्का, निवर्तमान अध्यक्ष पार्वती माकाजू, वरिष्ठ सल्लाहकार मदनकाजी श्रेष्ठ, सल्लाहकारहरु भीमबहादुर श्रेष्ठ, मंगल प्रसाद माकाजू, मुक्ति प्रसाद पराजुली, ढोकामोहन पराजुली लगायतले तीज पर्व र यसको महत्वका बारेमा आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष भवानी माकाजू शुभकामना महिला विकास केन्द्र पोखराको अध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरिएको थियो । संस्थाकी कार्यसमिति सदस्य कल्पना गौतम संयोजक रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष सम्झना माकाजू र संचालन सचिव सीमा कोइरालले गरेकी थिइन ।
संस्थाका ऋण संयोजक बाबुकाजी लिगल र सह–संयोजक रामबहादुर केसीले कार्यक्रमका लागि सहयोग गरेका थिए ।


Post a Comment

 
Top