0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघको १४ औँ वार्षिकोत्सव बिहीबार पोखरामा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै सभासद् तेजकुमारी पौडेलले पोखरा शान्ति वनमा अवस्थित कृषि उपजबजारलाई समयानुकूल व्यवस्थित बनाउन सक्दो पहलगर्ने बताइन । सभासद् पौडेलले आफ्नो सरकार भएकै बेलामा कृषि उपजबजारको गुणस्तरीय व्यवस्थापनका लागि पहल गर्ने स्पष्ट पारिन् । उनले सरकारी स्तरबाट कृषि उपजबजारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउँदै पोखरा उपत्यका नगर विकास समिति होस् या पोखरा उप–महानगरपालिका जुनसुकै न्याय पालिका वा गाउँ पालिका भए पनि कृषि उपज बजारलाई समान रुपमा व्यवहार गर्न समेत आग्रह गरिन् । जनगुनासोबाट आएका टिका टिप्पणीहरुप्रति ध्यान दिंदै सभासद् पौडेलले १४ महिनासम्म पनि कृषि उपजबजार अवस्थित जग्गालाई नविकरण गर्न आनाकानी गर्ने पोखरा उपत्यका नगर विकास समितिलाई गम्भीर भएर मूल्यांकन गर्न सुझाव दिइन ।
पोखरा उप–महानगरपालिकाले विभिन्न क्षेत्रमा कृषिबजार खोल्न अनुमति दिएर पोखरामा भएको प्रतिष्ठित तथा ५ दशक पुरानो कृषि उपजब जारलाई बेवास्ता गरेको उनले आरोप लगाइन ।  कृषि उपजबजार वरपर भैरहने सदाको फोहोर मैलाले बजारलाई दुर्गन्धित पारेको सरोकारवालाहरुको समेत गुनासो छ । कार्यक्रममा नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष खुम प्रसाद घिमिरेले कृषि उपज बजार भनेको सबैको अमूल्य सम्पति भएको भन्दै कृषि उपज बजारलाई व्यवस्थितगर्न सरकारसँग माग गर्नुपर्नेमा जोड दिए । उनले स्वस्थकर फलफूल तथा तरकारी जनता सामू पु¥याउन कृषि उपज बजारको महत्वपूर्ण हुने बताए । कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष हरिप्रसाद प्रसाईँ तथा केन्द्रीय कोषाध्यक्ष कृष्ण प्रसाद सन्ज्यालले पनि बोलेका थिए ।  उत्कृष्ट फलफूल तथा तरकारी व्यवासायीलाई संघले बिहीबारै प्रमुख अतिथिबाट खादा तथा प्रमाण पत्रले सम्मान गरेको छ । सम्मान हुनेमा कमल प्रसाद पौडेल, नवराज दुवाडी तथा हरि प्रसाद फुयाँल रहेका छन् । त्यस्तै २०७२ सालमा एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरिएको छ ।



Post a Comment

 
Top