0
आदर्श कला केन्द्र विशेष सांगीतिक साँझ पोखरामा हुने भएको छ । आदर्श कला केन्द्रको २१औं वार्षिकोत्सवको अवसरमा आगामी असोज १ गते विशेष सांगीतिक साँझ आयोजना गर्न लागिएको केन्द्र संचालक एवं कार्यक्रम संयोजक जय कुमार परियारले जानकारी दिए । पोखरा सभागृहमा हुने कार्यक्रममा लोक तथा आधुनिक गीतका ख्यातिप्राप्त कलाकारको प्रस्तुतिसहित नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । सांगीतिक साँझमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियारसहित सुगम संगीतका चर्चित गायक मनोजराज र जय कुमार परियारको प्रस्तुति रहने आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । सांगीतिक साझमा कला केन्द्रकै विद्यार्थी स्व. मन्जु महतलाई मरणोपरान्त सम्मान गरिने र कला केन्द्रका विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिने परियारले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न झण्डै पाँच लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।  पत्रकार सम्मेलनमा केन्द्रकी सल्लाहकार एवं संचारकर्मी सरस्वती गुरुङ र मन क्षेत्रीले केन्द्रको गतिविधिमाथि प्रकाश पारेका थिए ।



Post a Comment

 
Top