0
पोखराका दुई सहकारी एकीकरण भएका छन्। पोखरा सभागृहमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा विरौटामा रहेको परिक्रमा बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको हो। एकीकरणपछि पोखराको विरौटामा नयाँ सेवा केन्द्र सञ्चालन गर्ने तयारी छ। सहकारीलाई थप सबल र सक्षम बनाउने उद्देश्यका साथ एकीकरण गरिएको हो। एकीकरण पश्चात् संयुक्त साधारणसभा पनि भएको छ। साधारणसभाले रामचन्द्र शर्माको अध्यक्षतामा नयाँ काय समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा धर्मराज भण्डारी, द्वितीय उपाध्यक्षमा हरिकृष्ण तिवारी, महासचिवमा किरण पोखरेल, कोषाध्यक्षमा राजु श्रेष्ठ र सचिवमा शुशीला सिग्देल छन्। त्यस्तै, सदस्यमा लालकाजी गुरुङ, प्रेम गिरी, गायत्री अर्याल, मुक्तिनाथ ढकाल, सविता रञ्जित, विष्णु पराजुली र राजेश भण्डारी छन्। साधारणसभाले डिबी भण्डारी संयोजक र होमनाथ शर्मा, गोविन्द भट्टराई, शान्तिकुमारी सिग्देल र मोहन सुवेदी सदस्य रहेको लेखा समिति चयन गरेको छ। यसअघि, साधारणसभाको उद्घाटन गर्दै उद्योगपति सूर्यबहादुर केसीले सबै पक्षले मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ सोच्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य प्रभा कोइराला, शेयर सदस्यको तर्फबाट पार्वती कार्की, जनमुखी बचत तथा ऋण सहकारीका अध्यक्ष सन्तबहादुर विक, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शिवप्रसाद सापकोटा र युनाइटेड क्लबका अध्यक्ष सुकबहादुर गुरुङले बोलेका थिए।


Post a Comment

 
Top