0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक मंगलबार पोखरामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भए । उनी नेपाली कांग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेला, पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्लास्तरीय सरकारी निकायका प्रमुखहरुको परिचयात्मक छलफल कार्यक्रम र यातायात मजदूरहरुले आयोजना गरेको यातायात क्षेत्रका समस्या विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी भए । यसबाहेक उनी विभिन्न स्थानका जीर्ण पुल र सडकको स्थलगत निरीक्षणमा समेत व्यस्त रहे । सोमबार पोखरा आएका मन्त्री लेखकले ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले आयोजना गरेको स्व–सशक्तिकरणद्वारा मूल्यनिष्ठ शिक्षा विषयक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए भने पर्यटन व्यवसायीको कार्यक्रममा समेत सहभागी भएका थिए । मंगलबार नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । उनले प्रमुख तीन दलको सम्पन्न बैठकले जिविस अन्तर्गतका इलाकालाई मानेर नौ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने सहमति भएपछि अब स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढ्ने बताए । नयाँ संविधानमा मधेसी जनताको असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस तयार रहेको जानकारी गराउँदै नेता लेखकले चित्त नबुझेका कुरामा संशोधन गरी संविधानलाई सबै जनताको साझा सम्पत्ति बनाउने दलको कार्यसूची नै रहेको स्पष्ट पारे ।  कार्यक्रममा कास्की कांग्रेसका पूर्व सभापति एवं सांसद यज्ञबहादुर थापाले देश चुनावको राजनीतिमा प्रवेश गरिसकेकाले अब कत्ति पनि अलमलिने बेला नरहेको बताए ।  पार्टीका जिल्ला सभापति कृष्ण केसीका अध्यक्षतामा भएको सो कार्यक्रममा सांसदद्वय शारदा पौडेल र वृन्दादेवी राना, पार्टी पूर्वसभापति 
सोभियतबहादुर अधिकारी, उपसभापति दीपक आचार्य र सचिव सुदिपमोहन भट्टराई लगायतले पार्टीका गतिविधिमाथि प्रकाश पारेका थिए । 
 

पर्यटकको स्पष्ट परिभाषा चाहियो–मन्त्री लेखक
यसैगरी पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला स्तरीय सरकारी निकायका प्रमुखहरुको परिचयात्मक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री लेखकले सवल र सक्षम निजी क्षेत्र सरकारको चाहना भएको बताए। पूँजीको विकास गर्ने सवालमा देशका प्रमुख दलहरुको समान धारणा रहेको उल्लेख गर्दै उनले अबको साझा एजेण्डा आर्थिक उन्नति नै हुनुपर्नेमा जोड दिए । यसैप्रसङ्गमा उनले भने–‘अब ‘लेटस् टक एवाउट इकोनोमी’ नारा लिएर हामी अघि बढ्न जरुरी छ ।’ अमेरिकाको स्वतन्त्रता संग्राम र नेपालको एकीकरण एकै समयमा भएको र तत्कालिन अवस्थामा एकै किसिमका हतियार प्रयोग भएको भन्दै उनले छिमेकी भारत व्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको, चीनमा कम्युनिष्ट शासन व्यवस्थामा प्रवेश गरेको र नेपाल पनि आधुनिक युगमा प्रवेश गरेको समय करिब उस्तै भएपनि अहिले अमेरिका, भारत र चीनको विकास क्रमलाई हेरेर नेपाल कहाँ छ भन्ने स्पष्ट हुने मन्त्री लेखकको भनाइ थियो । लामो समयसम्म राजनीतिक विवाद र समस्यामा अल्झिएका कारण अब पनि आर्थिक क्रान्तितिर नलाग्ने हो भने सन्ततिले दुःख पाउने भएकाले पनि आर्थिक विकासमा सबै लाग्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा बोल्दै पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले निजी क्षेत्र मैत्री वातावरण निर्माणले मात्र देशले आर्थिक उन्नतिको बाटो लिने बताए। लामो समय स्थानीय निकायको निर्वाचन नहुँदा जनप्रतिनिधिको रोहबरमा हुने विकास निर्माणका कामबाट जनता बञ्चित हुनु परेको उनको भनाई थियो । सेवाग्राही निजी क्षेत्रले विकास निर्माणदेखि सडकको दुरावस्थासम्मका विषयमा ध्यानाकर्षण गराएको सो कार्यक्रममा उनले भने–‘पोखराको बाटो बिग्रिएको छ, यसको मर्मतको दायित्व कसको हो म बुझेर कार्यान्वयनमा लाग्छु । सो अवसरमा बोल्दै पोखरा उपमहानगरपालिकाका निमित्त कार्यालय प्रमुख ओमराज पौडेलले पोखराको सडकमा देखिएको खाल्डाखुल्डी पुर्ने काम योजनामा पारेको जानकारी दिए । मेला महोत्सवहरु करको दायरामा आउन नसकेको भन्दै उनले मेला महोत्सवहरु करको दायरामा आए त्यहाँबाट प्राप्त हुने रकमबाट उद्योगी÷व्यवसायीकै हितमा काम गरिने प्रतिवद्धता जनाए । सशस्त्र प्रहरी बलका पश्चिमाञ्चल प्रमुख डिआईजी नरेन्द्रकुमार सिँहले काम गर्न नसक्ने कार्यालय प्रमुखलाई दवाब दिएर हटाउन निजी क्षेत्रसँग आग्रह गरे । पश्चिमाञ्चलका प्रहरी नायव महानिरीक्षक (डिआइजी) कमलसिँह बमले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि सुरक्षा चुनौति अझ् बढ्ने भन्दै चाडपर्वको मुखमा आर्थिक अनुशासन कायम राख्न पोखरा उद्योग वाणिज्य संघले भूमिका खेल्नु पर्ने बताए । पोउवासंघका अध्यक्ष विश्वशंकर पालिखेले पोउमनपाले मन्त्रालयसंग समन्वय गर्न नसक्दा तिव्वत सरकारबाट अनुदानबाट प्राप्त  सौर्यवत्ति सम्बन्धी काम अघि बढ्न नसकेको गुनासो गरे । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बृहत्तर पोखरा निर्माणमा अब निजी क्षेत्र एक हुनुपर्नेमा जोड दिए । कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बालबालिकालाई राम्रो शिक्षा दिन तथा कुनै पनि बालबालिकालाई पढ्नबाट बञ्चित नगर्न निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए । राष्ट्रिय पर्यटन परिषदका सदस्य बासु त्रिपाठीले फेवातालको संरक्षणको लागि तालको माटो निकाल्नुको साथै ताल अतिक्रमण रोक्नुपर्नेमा जोड दिए ।  पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यले पोखरामा रहेका ट्राफिक आइल्याण्डको साइज घटाउनु पर्ने तथा सेतीको अनधिकृत दोहन रोक्नुपर्नेमा जोड दिए। राष्ट्रिय पर्यटन व्यवसायी समितिका केन्द्रीय सदस्य गोविन्दराज पहारीले नीति र नियम बन्ने तर कार्यान्वयन नहुने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।  लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बाबुराम गिरिले समग्र पोखराको विकासको लागि मेघा प्रोजेक्टहरु तय हुनुपर्नेमा जोड दिए । पश्चिमाञ्चल होटल संघका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराईले जनप्रतिनिधिविहीनताको अत्य भएमा मात्र विकास निर्माणले गति लिने बताए । गण्डकी धौलागिरि सार्वजनिक यातायात  समन्वय समितिका अध्यक्ष बसन्त प्रधानले यातायात क्षेत्रमा देखिएको अस्वस्थ प्रतिपस्र्धाले पोखराको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले आशन्न १३औंैँ सागका १० खेल पोखरामा खेलाउने निधो भएकोमा खुसी व्यक्त गर्दै यसमा निजी क्षेत्रको सहयोग आवश्यक परेको जानकारी दिए । व्यवसायी धनराज आचार्यले पोखरामा बाटो र नालाहरु असुरक्षित भएकोमा स्थानीय प्रशासनको ध्यानाकर्षण गराए ।
 
लायन्सका अगुवा प्रेमबहादुर श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा बनेको पोखरा सभागृह जीर्ण बन्दै गएकोमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए । होटल व्यवसायी हरिप्रसाद पौडेलले स्थानीय निकायमा सडक मर्मतको लागि छुट्टै संयन्त्र बनाउन सुझाव दिए। पोउवासंघका महासचिव दामु अधिकारीले निजी क्षेत्र र राष्ट्रसेवक कर्मचारीहरु एउटै सिक्काको दुई पाटो भएको उल्लेख गर्दै दुबैको सहकार्यले मात्र समग्र पोखराको विकास सम्भव रहेको बताए ।
यसैगरी पोखरामा क्रियाशील यातायात मजदूरहरुका संगठनले संयुक्तरुपमा आयोजना गरेको यातायात क्षेत्रका समस्या विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री लेखकले सडक यातायात क्षेत्रलाई संरक्षण गर्न आवश्यक रहेको बताए । उनले यातायात क्षेत्रले धेरैलाई रोजगारी दिएको र सेवामूलक काम गरिरहेको भएपनि जोखिम पनि त्यत्तिकै रहेको स्पष्ट पारे । यातायात व्यवसायी र मजदूरको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको भन्दै उनले यातातात प्राधिकरण र सडक सुरक्षा परिषद् गठन गर्ने आप्mनो उद्देश्य रहेको बताए । सवारी दुर्घटना चालक र गाडीको अवस्थामात्र नहुने भएकाले यस बारेमा बहस आवश्यक रहेको भन्दै मन्त्री लेखकले सडकको अवस्था सुधार गर्न र सिट भन्दा बढी यात्रु बोक्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।
 
नेपाली कांग्रेस संवद्ध नेपाल यातायात मजदूर संघ कास्कीका अध्यक्ष जितबहादुर गुरुङले यातायात मजदूरको समस्या समाधान गर्न सरकारले उपयुक्त नीति बनाउनुपर्ने र उनीहरुलाई स्वास्थ्य बीमा तथा न्यूनतम् पारिश्रमिक तोकिनुपर्नेमा जोड दिए ।  कार्यक्रममा नेकपा एमाले संवद्ध यातायात मजदूर संगठनका अध्यक्ष विष्णुबहादुर केसी र माओवादी केन्द्र निकट मजदूर संगठनका अध्यक्ष रेशम सिंखडाले यातायात मजदूरका लागि स्वास्थ्य बीमा अनिवार्य गरिनुपर्ने र सवारी दुर्घटनापछि गाडी तोड्फोड र मजदूरलाई कुटपिट गर्नेमाथि कार्वाही हुनुपर्नेमा जोड दिएका थिए । यातायात व्यवसायी वसन्त ्रप्रधानले पर्यटन गाडीको नाममा सुविधा लिएर गैर पर्यटक बोक्ने माथि कार्वाही गर्न  माग गरे । अर्का व्यवसायी प्रेमराज पौडेलले यातायात सम्बन्धी उपयुक्त नीति नहुँदा समस्या बढ्दै गएको भन्दै कस्ता गाडी कति संख्यामा भित्र्याउने भन्ने विषयमा सरकार मौन रहेको आरोप लगाए ।

पर्यटकको स्पष्ट परिभाषा चाहियो–मन्त्री लेखक
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पर्यटन सवारीको संचालन प्रक्रियामा कुनै प्रतिकुलता नआउने स्पष्ट पारेका छन् । सरकारले यातायात तथा सवारी ऐनको संशोधन गर्न लाग्दा पर्यटकीय सवारीले नेपालीलाई बोक्न नपाउने व्यवस्था हुन लागेको भन्दै पर्यटन व्यवसायीले गुनासो गरिरहेको अवस्थामा मन्त्री लेखकले पोखरामा निजी क्षेत्रका व्यवसायी र पर्यटन व्यवसायीहरुसंगको कार्यक्रममा भने–‘अब सवारी साधनको नम्बर प्लेट परिवर्तन हुँदैछ तर पर्यटन सवारीले हिजो जसरी सेवा दिएका थिए त्यसरी नै सेवा दिन पाउँछन् ।’ उनले पर्यटकीय सवारीले गैरपर्यटक बोक्न नपाउने व्यवस्था ऐनमा भएकाले पर्यटकको स्पष्ट परिभाषा विज्ञहरुमार्फत गराउन र पर्यटन मन्त्रालयमार्फत आफ्नो मन्त्रालयमा आएमा आफू कानूनमा राख्न तयार रहेको स्पष्ट पारे । ‘नेपालीहरु पनि पर्यटक हुन्छन् तर सबै नेपाली सधैं पर्यटक मानिंदैन । त्यसैले पर्यटकको परिभाषा जरुरी छ’–उनले भने । १० वर्षको सशस्त्र द्वन्दमा १५ हजार बढीको ज्यान गएको र २०७२ वैशाखको भूकम्पमा करिब १० हजार नागरिकको ज्यान गएको भन्दै उनले त्यत्तिकै संख्यामा मानिसको मृत्यु सवारी दुर्घटनाबाट हुने गरेको भएपनि यस बारेमा कम चर्चा हुनु दुःखद् रहेको स्पष्ट पारे  । सवारी ऐनको संशोधन  दुर्घटना न्युनिकरणका लागि पनि हुन लागेको भन्दै उनले लापर्वाही गरि दुर्घटना गराउने चालकको सवारी चालक अनुमति पत्र ६ महिनासम्म निलम्वन गर्ने र चालक तथा मजदूर लाई सीट संख्या भन्दा बढी यात्रु राख्न दवाव दिने व्यवसायीलाई समेत सोही अनुसारको कार्वाही गर्ने व्यवस्था ऐनमा राखिने उनले बताए ।





Post a Comment

 
Top