0
गोल्डेन न्यूज संवाददाता
कास्कीको कालिका गाउँ विकास समितिमा रहेको अर्घौ ठुलाकोट भैरवमन्दिर मामुलियत गुठीको जग्गाको बारेमा विवरण संकलन सुरु भएको छ । पोखरामा शनिबार आयोजित छलफल कार्यक्रममा दिएको प्रारम्भिक जानकारी अनुसार गुठीको नाउँमा २ सय रोपनी भन्दा बढी जग्गा रहेको छ । गुठीको जग्गा ठुलास्वारा चितेपानी, माझठाना, ढलेपिपल, सयलेफाँट, देउतीखेत, खरानेफाँट लगायतको ठाउँमा रहेको जानकारी गराइएको थियो ।  यसका अलावा अन्य ठाउँमा समेत गुठीको जग्गा रहेकोले त्यसको विवरण संकलन गर्ने कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको बताइयो । गुठीको जग्गालाई संरक्षण र सर्वद्धन गर्न भन्दै वि.स. २०६२ सालमा भैरव मन्दिर संरक्षण तथा सर्वद्धन समिति गठन भएको भएपनि समितिले खासै काम गर्न नसकेको छलफलमा बताइएको थियो । अब गुठीहारा र संरक्षण समितिलाई झक्झकाउन सरोकार समिति गठन गर्ने तयारी गर्ने निर्णय छलफलले गरेको छ । बेला–बेलामा यो विषयमा कुरा उठेपनि यसले गती लिन नसकेको भएपनि अब भने यसलाई तिव्र गतीमा अगाडी बढाइने भएको छ । पोखरामा भएको कालिका गाविसमा बसोबास गर्ने सरोकारवालाहरुको भेलाले गुठीको जग्गाको कति र कुन अवस्थामा छ भन्नेबारे जानकारी गराउन आश्विन १५ गते कालिकामा आम भेला गर्ने निर्णय समेत गरेको छ । आम भेला आयोजना गर्नका लागि राजेन्द्र रानाभाटको संयोजकत्वमा समिति गठन भएको छ । जसको सचिवमा इश्वर अधिकारी र सदस्यमा राजाराम पौडेल, विष्णु पौडेल, रामप्रसाद तिमिल्सीना, समीत केसी, नारायण पौडेल, चिरञ्जिवी पौडेल, गुरु प्रसाद कुँइकेल, नारायण त्रिपाठी, कृष्ण बहादुर खड्का, पुर्ण बहादुर भुजेल, राजेश सुनार, विष्णु सुवेदी र सुजनबाबु अधिकारी रहेका छन् । यसैगरी विष्णु पौडेलको संयोजकत्वमा प्राविधिक उपसमिति गठन भएको छ ।
 
यो समितिमा विष्णु प्रसाद भण्डारी, दामोदर पौडेल, रवि भण्डारी, मुक्ति अधिकारी रहेका छन् । यो समितिलाई आमभेलामा गुठीको जग्गाको पुरा विवरण प्रस्ुतत गर्ने जिम्मेवारी दिइएको छ । यस्तै आमभेलालाई प्रभावकारी बनाउन तिलकशाली अधिकारीको संयोजकत्वमा प्राज्ञिक समिति गठन गरिएको छ । यो समितिमा बाबुराम केसी, सुर्य बहादुर जिसी, नरेश पौडेल, प्रेमनाथ पौडेल रहरि त्रिपाठी सदस्यको रुपमा रहेकाछन् । यसैगरी नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मान बहादुर जिसी, नेपाली काग्रेस कास्कीका सभापती कृष्ण केसी, एमाले कास्की कार्यालय सचिव वैन बहादुर अधिकारी क्षेत्री, नेपाली काग्रेस कालिका सभापती एवं नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य भानुभक्त ढकाल, एमाले कालिका अध्यक्ष निर्मल दियाली सुनार, सर्वोच्च अदालतका रजिष्टार श्रीकान्त पौडेल र वयोवृद्ध समाजसेवी मनोहरी त्रिपाठीलाई सल्लाकारमा चयन गरिएको छ । राजेन्द्र रानाभाटको अध्यक्षतामा भएको छलफल कार्यक्रममा मनोहरी त्रिपाठी, अर्जुन सिग्देल, विष्णु प्रसाद भण्डारी, तिलकशाली अधिकारी, रेवतीरमण लामिछाने, विष्णु पौडेल, वैन बहादुर क्षेत्री, भानु ढकाल, निर्मल दियाली सुनार, भिमनाथ कुँइकेल,  इश्वर अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । गुठीको जग्गाको बारेमा कुरा उठाउदा पटक–पटक धम्की आउने गरेको अनुभव बोल्ने बत्ताहरुले गरेका थिए । अब पुनः यसरी धम्कि आएमा सामुहिक रुपमा प्रतिवाद गर्ने निर्णय समेत भएको छ ।











Post a Comment

 
Top